संखुवासभामा चट्याङ लागेर दुई जना घाइते

Share this
675shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २६, बिहीबार ०६:४१

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–४, सेकाहामा चट्याङ लागेर दुई जना घाइते भएका छन् । आइतबार साँझ हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर घरमै बसिरहेका दुई जना घाइते भएका हुन् ।

घाइते हुनेमा स्थानीय ५३ वर्षीय गणेशप्रसाद गुरुङ र मकालु गाउँपालिका–५ घर भई हाल मामाघर खाँदबारी–४ मा बस्दै आएका २२ वर्षीय सबिन गुरुङ रहेका छन् । साँझ करिब ६ः३० बजे परेको चट्याङ लागेर उनीहरू घाइते भएका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गणेशप्रसादको निधार र दायाँ हातमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको छ भने सबिनको बायाँ हातमा चोट लागेको र अवस्था सामान्य रहेको छ।

घटनालगत्तै दुवै जनालाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल संखुवासभा, खाँदबारी पुर्‍याइएको थियो। उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएपछि प्रहरी चौकी मानेभञ्ज्याङबाट खटिएको टोलीले घटनास्थल पुगेर उद्धार तथा आवश्यक अनुसन्धान गरेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
विदेशी मुद्रा विनिमय दर: डलरदेखि युरोसम्मको मूल्य सार्वजनिक
विदेशी मुद्रा विनिमय दर: डलरदेखि युरोसम्मको मूल्य सार्वजनिक
नक्कली भुटानी शरणार्थी प्रकरण: पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी रिहा हुँदै
सुनसरीमा तीन सवारीसाधन ठोक्किँदा बालिकाको मृत्यु, पाँच घाइते 
ग्यास सिलिन्डरबाट आगलागी हुँदा एक जना घाइते, थप उपचारका लागि कीर्तिपुर पठाइयो
संखुवासभामा चट्याङ लागेर दुई जना घाइते
देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा हल्का वर्षाको सम्भावना
ठूलो आवाज निकाल्ने ५६ वटा मोटरसाइकल र स्कुटर प्रहरी नियन्त्रणमा
विदेश र सहर छाडेर गाउँमै फस्टाएको कृषि उद्यम
इरानको ज्यान मार्ने धम्कीपछि अमेरिकी अर्थमन्त्री बेसेन्ट सैन्य बेसमा सरे
कोप–३१ मा पर्वतीय मुद्दा र जलवायु वित्तलाई प्राथमिकतामा राख्दै नेपाल
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.