
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले छठ पर्वका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।
शुभकामना सन्देश जारी गर्दै ओलीले शुद्धता, संयम र निष्ठाको यस पर्वले सूर्यको उपासनामार्फत आरोग्य, सुख, समृद्धि र पारिवारिक कल्याणको कामना गर्ने बताएका छन् ।
प्रकृतिका स्रोतप्रति सम्मान र जीवनप्रति सकारात्मक आस्था जगाउने छठले सामाजिक सद्भाव र सांस्कृतिक एकताको सन्देश दिने उनको भनाइ छ ।
अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदा कृतज्ञता र उदाउँदो सूर्यलाई अर्घ्य दिँदा नयाँ आशाको सञ्चार होस् भन्ने कामना गर्दै उनले छठ पर्वका अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।

























