
काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । शुक्रबार प्रतितोला दुई लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज दुई हजार ८०० रुपैयाँले घटेर दुई लाख ४२ हजार ६०० रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज १० ग्राम छापावाल सुनको मूल्य दुई लाख सात हजार ९९० रुपैयाँ तोकिएको छ ।
यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले घटेको छ । शुक्रबारको तुलनामा घटेर चाँदी आज प्रतितोला तीन हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ । १० ग्राम चाँदीको मूल्य दुई हजार ६२८ रुपैयाँ तोकिएको छ ।

























