
विराटनगर । सुनसरीको धरानबाट प्रहरीले ४९९ किलो गाँजासहित भारतीय नम्बर प्लेटको गाडी र चालकलाई नियन्त्रणमा लिएको छ।
धरान उपमहानगरपालिका–८ स्थित सेउती पुलमा शनिबार राति ११ः३० बजेतिर सवारीसाधन चेकजाँच गर्ने क्रममा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए ।
उनका अनुसार इलाका प्रहरी कार्यालय धरान, वडा प्रहरी कार्यालय र अस्थायी प्रहरी चौकी तीनकुनेको संयुक्त टोलीले भारतीय नम्बर प्लेट बीआर ११ वाई ३०३९ को गाडी जाँच गर्ने क्रममा ४९९ किलो गाँजा फेला पारेको थियो।
प्रहरीले गाँजासहित उक्त गाडी र चालक मोरङको विराटनगर महानगरपालिका–१३ का ३२ वर्षीय अजयकुमार साहलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















