दुहबीमा २२ किलो गाँजासहित युवक पक्राउ

Share this
792shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ५, शनिबार १४:२४
उदयपुरमा बोल्न नसक्ने किशोरीमाथि बलात्कारको आरोपमा १९ वर्षीय युवक पक्राउ

सुनसरी । सुनसरीको दुहबी नगरपालिका–७ भलुवाबाट प्रहरीले २१ किलो ९८० ग्राम गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।

प्रहरीले शनिबार बिहान १०:३० बजे भलुवास्थित भित्री सडकखण्डमा जाँचका क्रममा धरान उपमहानगरपालिका–२० का २१ वर्षीय गौरव राईलाई पक्राउ गरेको हो ।

नहर चोकबाट भलुवातर्फ आउँदै गरेको को १-०२-०५३ प ४७२९ नम्बरको मोटरसाइकलमा सवार राईले बोकेको झोला जाँच गर्दा गाँजाजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय दुहबी र अस्थायी प्रहरी चौकी तनमुनाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई गाँजा र मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका राईमाथि इलाका प्रहरी कार्यालय दुहबीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.