
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सोमबार प्रतितोला २ लाख ४७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ५ सय रुपैयाँले बढेर २ लाख ४७ हजार ९ सय रुपैयाँ पुगेको छ ।
आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख १२ हजार ५ सय ३५ रुपैयाँ तोकिएको छ ।
चाँदीको मूल्य पनि आज तोलामा ३५ रुपैयाँले बढेर ३ हजार १ सय ४५ रुपैयाँ पुगेको छ । १० ग्राम चाँदीको मूल्य २ हजार ६ सय ९६ रुपैयाँ ५० पैसा तोकिएको छ ।



















