कन्याममा चिया महोत्सव, पर्यटन प्रवर्द्धनमा जोड

Share this
671shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ८, मंगलबार ०८:५५

इलाम । नेपाली अर्थोडक्स चियालाई अन्तर्राष्ट्रिय बजारमा चिनाउने र चियाबारीलाई पर्यटनसँग जोड्ने उद्देश्यले इलामको कन्याममा आयोजित प्रथम सूर्योदय चिया महोत्सव सम्पन्न भएको छ। दुई दिनसम्म चलेको महोत्सवले चियाको स्वाद, स्थानीय उत्पादन र सूर्योदय क्षेत्रका पर्यटकीय सम्भावनालाई एकै ठाउँमा प्रस्तुत गरेको छ।

सूर्योदय नगरपालिकाको आयोजनामा कन्यामस्थित चिया परीक्षण तथा प्रवर्द्धन केन्द्र परिसरमा भएको महोत्सवमा स्थानीय चिया उद्योगका विभिन्न ब्रान्डका अर्थोडक्स चिया, दूध, कृषिउपज र हस्तकलाका सामग्री प्रदर्शन तथा बिक्रीका लागि राखिएका थिए। पर्यटक र चिया पारखीले विभिन्न स्वादका चिया चाख्ने अवसरसमेत पाएका थिए।

महोत्सवको आकर्षणका रूपमा कन्यामदेखि अन्तुडाँडासम्मको चियाबारी पदमार्गमा दौड प्रतियोगिता आयोजना गरिएको थियो। साढे १२ किलोमिटर पुरुष दौडमा ओखलढुंगाका प्रिथी राई पहिलो, इलामका राजेन्द्र लिम्बू दोस्रो र पाँचथरका ग्याल्जेन गुरुङ तेस्रो भए। महिलातर्फ सूर्योदयकी तेजकुमारी मुखिया पहिलो, सोनिका थापामगर दोस्रो र सरला राई तेस्रो भए। विजेताले क्रमशः ३० हजारदेखि पाँच हजार रुपैयाँसम्म पुरस्कार प्राप्त गरे।

कोशी प्रदेशकी पर्यटन, वन तथा वातावरणमन्त्री खिनु लङ्वा लिम्बूले उद्घाटन गरेको महोत्सवमा सांस्कृतिक झाँकी, स्थानीय परिकार, चिया स्वाद परीक्षण, पर्यटकीय क्षेत्रको जानकारी तथा चियाबारी हाइकिङलगायत गतिविधि सञ्चालन गरिएको थियो। जलवायु परिवर्तनको सामना, दिगो चिया खेती र चिया कृषकको संरक्षण विषयमा सरोकारवालाबीच छलफलसमेत भएको थियो।

आयोजकका अनुसार करिब साढे २५ किलोमिटर लामो चियाबारी पदमार्ग निर्माणको काम चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ। महोत्सवले कन्याम, अन्तु र फिक्कलसहित सूर्योदय नगरपालिकाका ग्रामीण पर्यटकीय क्षेत्रको प्रचारप्रसार तथा स्थानीय कृषि उत्पादनको बजारीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

तपाइको प्रतिक्रिया
कन्याममा चिया महोत्सव, पर्यटन प्रवर्द्धनमा जोड
कर्णालीमा दसौँ राष्ट्रिय खेलकुद सुरु
कोशीको लेलेप आसपास ५.४ म्याग्निच्युडको भूकम्प 
पर्यटकले भरिँदै मुन्दुम पदमार्ग, चखेवाका होटेलमा चहलपहल
इलाम–झापा फास्ट ट्र्याकको ठेक्का तोड्ने निर्णयमा अदालतको रोक 
देशभर मौसम मुख्यतया सफा रहने, तीन प्रदेशमा राति आंशिक बदली
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमय दर 
भीमफेदी दुर्घटना: ४८ घण्टामा चालकले चलाए गाडी ३३ घण्टा, शारीरिक थकान र बढी यात्रु प्रमुख कारण
कर्णाली रंगशाला कर्णाली प्रदेश खेलकुद विकास परिषद्लाई हस्तान्तरण
कोशीमा सुरक्षित यात्रा अभियान सुरु, इमानदार चालक सम्मानित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.