झापा महिला गोल्डकपः विभागीय टोली पुलिस र बागमती खेल्दै 

Share this
809shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ८, मंगलबार ०९:४०

झापा ।  झापा महिला गोल्डकपको चौथो क्वार्टर फाइनलमा मंगलबार (आज) विभागीय टोली नेपाल पुलिस क्लब र बागमती युथ क्लब क्लब खेल्दै छन् ।

शिवसताक्षीस्थित दुधे रंगशाला जारी दोस्रो झापा महिला गोल्डकप फुटबल प्रतियोगिताकाे अन्तिम क्वार्टर फाइनल खेल आज पुलिस र बागमतीबीच हुँदैछ । पुलिस शनिबार राति धरानमा भएको प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको उपविजेता टोली हो ।

प्रतियोगितामा आयोजक झापा–११ सहित आरएस पोखरा फुटबल क्लब, बागमती युथ क्लब, भुटानको थिम्पु राभेन वुमन एफसी, भारतको एभी फुटबल क्लब, नेपाल पुलिस फुटबल क्लब, त्रिभुवन आर्मी एफसी र सशस्त्र प्रहरीको एपीएफ एफसीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले नगद ११ लाख तथा उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छ । प्रतियोगिताको उत्कृष्ट एक जना खेलाडीले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छ । त्यसैगरी, उत्कृष्ट गोलकिपर, मिड फिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.