झापामा मंसिर १५ देखि न्यूनतम समर्थन मूल्यमा धान खरिद गरिने

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर १०, बिहीबार १४:२३

झापा । सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा झापामा धान खरिद प्रक्रिया मंसिर १५ गतेदेखि सुरु हुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत यस वर्ष जिल्लाबाट १२ हजार क्विन्टल धान खरिद गर्ने तयारी गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको अध्यक्षतामा बिहीबार बिहान बसेको प्राथमिक जिल्ला धान खरिद समितिको बैठकले धान खरिद सुरु गर्ने निर्णय गरेको हो । समितिका अनुसार यस वर्ष सोना मन्सुली आठ हजार क्विन्टल र रञ्जित मन्सुली चार हजार क्विन्टल खरिद गरिनेछ ।

दुवै जातको धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ८६० रुपैयाँ निर्धारण गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बिर्तामोडस्थित कार्यालयमार्फत किसानबाट धान खरिद गरिनेछ ।

स्वदेशी कृषि उत्पादनलाई प्रोत्साहन गर्ने र किसानलाई उचित मूल्य उपलब्ध गराउने उद्देश्यले सरकारले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले धान खरिदबिक्री प्रक्रियामा स्वस्फूर्त सहभागिता जनाउन निजी क्षेत्रका उद्योगी तथा व्यवसायीलाई समेत आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया
रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच पाँच घण्टा लामो छलफल
किसानका समस्या समाधान गर्न राष्ट्रिय किसान सञ्जालको ११ बुँदे माग, आन्दोलनको चेतावनी
पुलिसलाई हराउँदै आर्मी झापा महिला गोल्डकपको फाइनलमा 
सोबिता गौतमलाई मन्त्रिपरिषद्को तेस्रो वरीयता, कसको स्थान कहाँ?
बालेनको भारत भ्रमणबारे ओलीका  कटाक्ष : गार्ड अफ अनरदेखि ग्रेटर नेपालको नक्सासम्म
धरानमा महिला सुधार केन्द्रको भवन बनाइँदै
संविधान मिचेर स्थानीय तह र प्रदेशको चुनाव एकैपटक गर्न हुँदैन: प्रचण्ड
बैंककको तेल प्रशोधन केन्द्रमा विस्फोट, आसपासका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह
पर्यटन विकासका कानुनी सुधारबारे ६ मन्त्रीबीच छलफल
फोहोरलाई ऊर्जामा बदल्ने परियोजना देशभर विस्तार गरिने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.