विश्वकप छनोट प्लेअफका लागि नेपाली टोली घोषणा

Share this
823shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर १२, शनिबार १८:१६

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफका लागि नेपालले १५ सदस्यीय टोली घोषणा गरेको छ ।

नेपाल क्रिकेट संघले शनिबार कप्तान सन्दीप लामिछानेको नेतृत्वमा टोली सार्वजनिक गरेको हो । टोलीमा आसिफ शेख, अर्जुन कुमाल, इशान पाण्डे, देव खनाल, कुशल भुर्तेल, राशिद खान, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललितनारायण राजवंशी र अभिशेष गौतम छन् ।

राइजिङ स्टार्स एसिया कपमा पाकिस्तान ए विरुद्ध खेल्दै लिस्ट ‘ए’ क्रिकेटमा डेब्यू गरेका अभिशेष पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने तयारीमा छन् ।

प्लेअफ खेल्न युगान्डा र इटालीका टोली नेपाल आइसकेका छन् भने नामिबियाको टोली पनि नेपालका लागि प्रस्थान गरिसकेको छ । जर्सीको टोली पनि चाँडै नेपाल आउने तयारीमा छ ।

डिसेम्बर ४ देखि २१ सम्म सञ्चालन हुने छनोट प्लेअफमा नेपालसहित आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.