स्वास्थ्य सेवालाई व्यवस्थित बनाउन नयाँ कार्यविधि ल्याइँदै

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २९, आइतबार १७:४३
सरकारले सार्वजनिक गर्‍यो जेनजी आन्दोलनका घाइतेको विवरण

काठमाडौं । स्वास्थ्य सेवा प्रवाहलाई थप व्यवस्थित, सन्तुलित र दिगो बनाउन सरकारले नयाँ कार्यविधि ल्याउने तयारी गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै आवश्यक कार्यविधि यथाशीघ्र तयार गरी कार्यान्वयनमा ल्याउने जानकारी दिएको हो।

मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीका अनुसार नयाँ कार्यविधि नबनुन्जेलसम्म उपलब्ध जनशक्ति र कार्यभारका आधारमा स्वास्थ्य सेवालाई निरन्तरता दिन सबै अस्पतालहरूलाई अनुरोध गरिएको छ। स्वास्थ्यकर्मीको विश्रामको अधिकार र नागरिकको उपचार पाउने अधिकारबीच सन्तुलन कायम गर्नु सरकारको प्राथमिकता रहेको मन्त्रालयले जनाएको छ।

Advertisement

नागरिकको हितलाई ध्यानमा राखी स्वास्थ्य जस्तो संवेदनशील र अत्यावश्यक सेवालाई निरन्तर रूपमा प्रदान गर्नु सबैको प्रमुख दायित्व भएको विज्ञप्तिमा उल्लेख छ। मन्त्रालयले चरणबद्ध रूपमा नयाँ व्यवस्थापन कार्यान्वयन गर्दै लैजाने लक्ष्य राखेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.