२ हजारभन्दा बढी सवारी चालकलाई कारबाही

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २०, आइतबार १२:३०

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने चालकहरु कारबाहीमा परेका छन् । २ हजारभन्दा बढी चालकलाई कारबाही गरिएको हो ।

पछिल्लो २४ घण्टामा मात्रै २ हजार १ सय ११ जना चालक कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त कारबाहीबाट ५ लाख ६५ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

Advertisement

प्रहरीका अनुसार मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १०९ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १८४ जना, ट्राफिक संकेत उल्लंघन गर्ने १०३ जना र तीव्र गतिमा सवारी चलाउने २२२ जनालाई कारबाही गरिएको छ । त्यस्तै, लेन अनुशासन नमान्ने १३८, निषेधित क्षेत्रमा हर्न बजाउने ६७, सडकपेटीमा पार्किङ गर्ने ८६ तथा निर्धारित स्थानबाहिर यात्रु चढाउने–ओराल्ने ४२ जनासमेत कारबाहीमा परेका छन् ।

ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने क्रम नघटेकाले निगरानी अझ कडा बनाइएको जनाएको छ । नियम पालना गर्न चालकलाई आग्रह गर्दै ट्राफिक प्रहरी सक्रियता बढाइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.