मोरङमा मुखबाट रगत बगिरहेको अवस्थामा पुरुष मृत फेला

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २१, सोमबार १५:५७

विराटनगर । मोरङमा मुखबाट रगत बगिरहेको अवस्थामा एक जना पुरुष सोमबार बिहान मृत फेला परेका छन् ।

धनपालथान गाउँपालिका–४ कर्सियाका अन्दाजी ४० वर्षीय जीवन राम मृत फेला परेको मोरङ प्रहरीका निमित्त सूचना अधिकारी, इन्स्पेक्टर लेखनाथ दाहालले बताए । उनका अनुसार धनपालथान–६ दादरबेरियामा बिहान ५ः५५ बजेतिर राम मृत अवस्थामा भेटिएका हुन् ।

मुखबाट रगत बगेको अवस्थामा स्थानीयले मृत फेला पारेर प्रहरीलाई खबर गरेका थिए । उनको मृत्युको कारण खुल्न सकेको छैन । शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पताल लगिएको छ ।

कर्सिया घर भएका राम कसरी दादरबेरिया पुगे भन्ने पत्ता लागेको छैन । घटनाको कारण पत्ता लगाउन इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटी नेतृत्वको टोलीले थप अनुन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
पश्चिम बंगालमा राजनीतिक उलटफेर : ममताको १५ वर्षे शासन संकटमा, भाजपालाई बहुमत
नेपाल हब क्रिकेटको उद्घाटन खेलमा विराटनगर र सिराहा विजयी  
नेपाल हब क्रिकेटको उद्घाटन खेलमा विराटनगर र सिराहा विजयी  
सीमा विवादको असर : भारतीय विदेश सचिवको नेपाल भ्रमण अन्योलमा
मोरङका सुकुम्वासी आन्दोलित, बालेन सरकारप्रति आक्रोशित
उच्च अदालत विराटनगरको जग्गा अतिक्रमण, ४३ घर खाली गराउन ताकेता
देशभरका सुकुम्वासीलाई आन्दोलनमा उत्रन हर्क साम्पाङको आह्वान
‘डोजर आतंक’ मच्चाएर सुकुम्वासीको बिचल्ली नबनाउ
मोरङमा मुखबाट रगत बगिरहेको अवस्थामा पुरुष मृत फेला
मोरङको सुनवर्षीमा करेन्ट लागेर महिलाको मृत्यु
मोरङमा किशोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.