यो वर्ष मनसुनजन्य विपदबाट सवा २ लाख जनसंख्या प्रभावित हुने

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १, शुक्रबार १२:२१

काठमाडौं। मनसुनजन्य विपदबाट यो वर्ष देशभर करिब २ लाख २६ हजारभन्दा बढी जनसंख्या प्रभावित हुन सक्ने आकलन सरकारले गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी र पहिरो जस्ता प्राकृतिक विपदबाट ५१ हजार ८६८ घरपरिवार प्रभावित हुने अनुमान छ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको अध्यक्षतामा बिहीबार सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८३’ स्वीकृत गरेको छ।

Advertisement

जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्षको मनसुन अवधिमा सरदरभन्दा कम वर्षा र सरदरभन्दा बढी गर्मी हुने सम्भावना छ। तापक्रम वृद्धिका कारण उच्च हिमाली क्षेत्रमा हिमताल विष्फोटन भई तल्लो तटीय क्षेत्रमा बाढी, पहिरो, डुबान र जमिन कटानको जोखिम अधिक हुने देखिएको छ। यस्तै, अत्यधिक गर्मीका कारण दक्षिणी तराई भू-भागमा तातो हावाको लहर ९लु० चल्ने अनुमान गरिएको छ।

प्राधिकरणका अनुसार यो वर्षको मनसुन पूर्वानुमान सन् २०१४, २०१६ र २०२२ का मौसमसँग मिल्दोजुल्दो छ। खराबभन्दा खराब अवस्था आएमा एक हजारदेखि चार हजारसम्म घरपरिवार प्रत्यक्ष रूपमा प्रभावित हुन सक्ने अनुमान छ।

कोशी प्रदेशमा ३८ हजार ७३६, मधेशमा ३५ हजार ३६१, सुदूरपश्चिममा ३३ हजार २२७, बागमतीमा ३२ हजार ८९७, गण्डकीमा २१ हजार ६४१ र कर्णाली प्रदेशमा १३ हजार १७५ जना प्रभावित हुने अनुमान गरिएको छ।

विगत १० वर्षको तथ्यांक हेर्दा नेपालमा मनसुनजन्य विपदबाट ३ हजार ७४ जनाको ज्यान गएको छ भने ५०२ जना बेपत्ता भएका छन्। मृत्यु हुनेमध्ये सबैभन्दा धेरै १ हजार ४८३ जना पहिरोका कारण परेका हुन्। यस्तै चट्याङबाट ८०५, बाढीबाट ६७८ र भारी वर्षाका कारण १०८ जनाले ज्यान गुमाएका छन्।

तपाइको प्रतिक्रिया
कर्मचारी समायोजनपछि प्रदेशकै कानुन लागू हुने सर्वोच्चको फैसला
अनुदानको मल कालोबजारी गर्नेलाई कारबाही गरिने
मधेसका मुख्यमन्त्री यादवले जेठ ८ गते विश्वासको मत लिने
राष्ट्रिय दलित आयोगका सदस्यद्वारा राजीनामा
बजेट तयारी : प्रधानमन्त्री र अर्थमन्त्रीबीच भेटवार्ता
 सरकारको नीति तथा कार्यक्रम जनमोर्चाद्वारा अस्वीकार
 गुणस्तरहीन भेटिएपछि ‘करेन्ट’ र ‘लाली’ चाउचाउ बजारबाट फिर्ता गर्न निर्देशन
गुणस्तरहीन भेटिएपछि ‘करेन्ट’ र ‘लाली’ चाउचाउ बजारबाट फिर्ता गर्न निर्देशन
महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस
 राष्ट्र बैंकको अध्ययन: कोशी प्रदेशमा स्टार्टअप उद्यम फस्टाउँदै
बैंकिङ प्रणालीबाट ४५ अर्ब रुपैयाँ निक्षेप खिच्दै राष्ट्र बैंक
पूर्वगृहमन्त्री गुरुङलाई चोख्याउन छानबिन समिति गठन गरिएको कांग्रेसको आशंका
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.