प्याराग्लाइडिङको नयाँ गन्तव्य उदयपुरको बोप्ताङ डाँडा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १४, बिहीबार १०:१७

विराटनगर । उदयपुरकाे बेलका नगरपालिका–८ मा रहेकाे बोप्ताङ डाँडा प्याराग्लाइडिङको नयाँ सिकाइ केन्द्रका रूपमा उदाएको छ । ‘फ्लाइङ अन्डर प्याराग्लाइडिङ स्कुल’ले व्यावसायिक प्रशिक्षण दिन थालेपछि साहसिक खेलप्रेमी पुग्न थालेका हुन् ।

सप्तकोशी नदी, हरियाली चुरे क्षेत्र र आसपासका पर्यटकीय स्थलको मनोरम दृश्य अवलोकन गर्दै उडान गर्न सकिने याे स्थानमा स्वदेशी मात्र नभई विदेशी प्रशिक्षार्थीसमेत आउने गरेका छन् ।

Advertisement

स्कुलका सञ्चालक एवं प्रशिक्षक सुरेन गुरुङका अनुसार स्थापनाको तीन वर्षमा १५० भन्दा बढीले तालिम लिइसकेका छन् । तालिम लिनेहरुमा भारत, चीन, स्पेन, फ्रान्स र जर्मनीका करिब ६० जना विदेशी नागरिक छन् ।

१५ दिने आधारभूत तालिमका लागि नेपाली प्रशिक्षार्थीलाई आवास र बीमासहित १ लाख ८० हजार रुपैयाँ शुल्क ताेकिएकाे छ । विदेशीलाई १५ सय अमेरिकी डलर शुल्क ताेकिएकाे छ ।

व्यावसायिक रूपमा पर्यटकलाई उडाउने ‘ट्यान्डम फ्लाइट’ सुरु गर्न भने सरकारी अनुमतिको आएकाे छैन ।
उदयपुरका चौदण्डीगढी, रौतापोखरी र उदयपुरगढी क्षेत्रमा गरिएका परीक्षण उडानहरू सफल भइसकेका छन् । हाल जिल्लामा २ महिलासहित १८ जना सोलो पाइलट सक्रिय छन् ।

नेपाल प्याराग्लाइडिङ तथा ह्याङ ग्लाइडिङ उदयपुरका अध्यक्ष ईश्वरमान राईले वन क्षेत्र व्यवस्थापन र सरकारी अनुमति प्रक्रिया सहज नहुँदा पूर्वाधार विकासमा अन्योल भएकाे बताए ।

तपाइको प्रतिक्रिया
देवानगन्जको तनाव नियन्त्रणमा, २० भन्दा बढी घर तथा पसलमा क्षतिको अनुमान
सुनसरीका १० स्थानीय तहमा अनिश्चितकालीन कर्फ्यु
भद्रपुरमा एक युवती आफ्नै घरमा मृत फेला, माइती पक्षद्वारा घटना शंकास्पद भएको दाबी
भद्रपुरमा एक युवती आफ्नै घरमा मृत फेला, माइती पक्षद्वारा घटना शंकास्पद भएको दाबी
सुनसरीको देवानगन्जमा भीषण हुलदंगा र झडप : स्थिति पूर्णरूपमा तनावग्रस्त, अवस्था सुरक्षा नियन्त्रणबाहिर
कोशी प्रदेश प्रहरी प्रमुख डीआइजी खनालद्वारा प्रहरी कर्मचारीहरूलाई विशेष निर्देशन
कोशी प्रदेश प्रहरी प्रमुख डीआइजी खनालले दिए प्रहरी कर्मचारीहरूलाई विशेष निर्देशन
सुनसरी घटनाप्रति प्रलोपाको ध्यानाकर्षण, उच्चस्तरीय छानबिन र क्षतिपूर्तिको माग
देवानगन्ज घटनाका घाइतेलाई स्वास्थ्यमन्त्रीले भेटिन्, उपचारमा कमी हुन नदिने प्रतिबद्धता
सडक अवरुद्ध हुँदा मूल्यवृद्धि, बेली ब्रिज जडान गर्ने तयारी
कर्णालीको मुख्यमन्त्रीमा नेकपाका शाही नियुक्त
उद्योगी शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्न अदालतको आदेश
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×