
विराटनगर । कोशी प्रदेश सरकारले सार्वजनिक सवारीमा जीपीएस जडान अनिवार्य गर्ने भएको छ ।
प्रदेशको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले सार्वजनिक सवारीमा जीपीएस जडानलाई अनिवार्य गर्ने बताएका हुन् । उनले सार्वजनिक यातायातलाई प्रभावकारी बनाउन प्रदेश सरकारका संरचनालाई पनि स्तरोन्नति गरिने पनि बताए ।

























