मनसुन आगमन जुन १३ मा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १, सोमबार १९:४१
६ प्रदेशमा वर्षाको सम्भावना 

काठमाडौं । नेपालमा मनसुन सुरु हुन् केही दिन ढिलो हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार भू-उपग्रहबाट प्राप्त तथ्यांक तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणका आधारमा नेपालमा मनसुन आगमन सरदर जुन १३ मा प्रवेश गर्ने गर्दछ ।

Advertisement

नेपालमा हालसम्म पनि पश्चिमी वायुको सक्रियताका साथै स्थानीय वायुको कारणले विशेष गरी कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा मेघगर्जन सहितको मध्यमसम्मको वर्षाको गतिविधि भइरहेको अवस्था छ ।

प्रशान्त महासागरमा एलनिनो विकसित भइसकेको र अझै बलियो हुने क्रममा रहेको छ। जसले गर्दा नेपालको मनसुन आगमनमा समेत प्रभाव पर्ने र दक्षिण एसिया लगायत नेपालको मनसुन कमजोर हुन सक्ने सम्भावना देखिएको छ। विगतका केही वर्षहरूमा पनि एलनिनोका प्रभावले मनसुन आगमन ढिलो भएको थियो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.