पासपोर्ट खरिद प्रकरणमा अख्तियारलाई आरजुको इमेल : ‘उपचारमा छु, अनुसन्धानमा सहयोग गर्छु’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ४, बिहीबार १५:४२

काठमाडौं । राहदानी(पासपोर्ट)खरिद प्रकरणमा बयानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलाएपछि नेपाली कांग्रेसकी नेत्री एवं पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाले  इमेल  पठाएकी छिन्  । बयानका लागि उपस्थित हुन म्याद टास भएपछि देउवाले हाल स्वास्थ्य उपचारका लागि विदेशमा रहेको जानकारी गराउँदै तत्काल उपस्थित हुन असमर्थ रहेको बताएकी छिन् ।

उनले इमेलमा अनुसन्धान प्रक्रियामा आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरेकी छिन् ।

Advertisement

‘अनुसन्धानमा सहयोग गर्न तयार रहेको उल्लेख गर्दै उपचारको कारण देखाएर तत्कालै उपस्थित हुन नसक्ने भन्दै आरजुको नामबाट इमेल आएको छ,’ अख्तियार उच्च स्रोतले भन्यो ।

पासपोर्ट खरिदमा भएको भनिएको अनियमितताको अनुसन्धानलाई अघि बढाउने क्रममा अख्तियारले केही दिनअघि आरजुको बूढानीलकण्ठस्थित निवासमा म्याद तामेली गरेको थियो । उक्त सूचनामा बाटोको म्यादबाहेक तीन दिनभित्र आयोगको कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको थियो ।  पूर्वपरराष्ट्रमन्त्री राणा र उनका पति एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विगत केही समयदेखि उपचार र अन्य सिलसिलामा देशबाहिर रहेका छन् ।

गत वर्षको पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा देउवाको कुनै लिखित निर्देशन वा प्रत्यक्ष निर्णय संलग्न भएको देखिएको छैन । अख्तियार स्रोतले भन्यो, ‘अहिलेसम्मका फाइलहरू केलाउँदा उहाँ (आरजु)को कुनै लिखित आदेश वा निर्णय प्रक्रियामा हस्ताक्षर देखिएको छैन । यद्यपि, अनुसन्धानको प्रक्रियाअनुसार बयानका लागि म्याद जारी गरिएको हो ।’

आरजुले अनुसन्धानमा सघाउने प्रतिबद्धता जनाएसँगै अब उनी स्वदेश फर्किएपछि वा अन्य माध्यमबाट बयान लिने प्रक्रियाबारे आयोगले थप निर्णय लिनेछ ।

तपाइको प्रतिक्रिया
चिया निर्यातमा देखिएको अवरोध हटाउन एमाले कोशीको आग्रह
मोरङ र सुनसरीका ९ सहकारी संस्था खारेजीको प्रक्रियामा
 आगामी मौद्रिक नीति निजी क्षेत्रमैत्री र लगानी प्रवर्द्धनमा केन्द्रित हुनुपर्नेमा जोड
आगामी मौद्रिक नीति निजी क्षेत्रमैत्री र लगानी प्रवर्द्धनमा केन्द्रित हुनुपर्ने
सक्रिय राजनीतिबाट बिदा भए कृष्णबहादुर महरा
‘खुट्टा भाँचिदिने’अभिव्यक्तिमा मन्त्री लम्साल : नियत खराब छैन
पासपोर्ट खरिद प्रकरणमा अख्तियारलाई आरजुको इमेल : ‘उपचारमा छु, अनुसन्धानमा सहयोग गर्छु’
देशसँग पीरती लगाउँदा मन्त्री भए : महावीर पुन
सार्वजनिक संगीत प्रयोगमा रोयल्टी अनिवार्य, कोशी प्रदेशबाट संकलन सुरु
संसदमा विपक्षीको तीव्र आपत्ति, सरकारसँग स्पष्ट जवाफ माग
कोलम्बिया विजयी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.