नेपाली मन, नेपाली एकता

मुलुकी खबर
सुजन विश्वकर्मा
clock२०८३ असार ६, शनिबार १०:१७
नेपाली मन, नेपाली एकता

कविता

नेपाली दाजुभाइ अब काँधमा काँध मिलाउनु पर्छ ।
परिवर्तनको समय आयो फाटे मन सिलाउनु पर्छ ।

Advertisement

धर्ममा भिन्नता भए पनि हाम्रो आस्थामा एकता छ,
पूर्वको मुटु दुख्दा पश्चिम मलम लिई आउनु पर्छ ।

राख्नु हुँदैन हाम्रो मनमा भेदभाव कहिले पनि,
माया र ममताको भाका सधैँ मिलेर गाउनु पर्छ ।

आफूले सकेको सहयोग गर्न कहिल्यै पछि नपरौँ,
बरु एउटाले बिगारे हामी सबै मिली बनाउनु पर्छ ।

अटुट नाता यो हाम्रो व्यर्थै हामीले तोड्नु हुँदैन,
एकअर्काको सुखदुःखका उपस्थिति जनाउनु पर्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.