हाइटीविरुद्ध ब्राजिलको जित

Share this
698shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ६, शनिबार १०:३२
हाइटीविरुद्ध ब्राजिलको जित

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत हाइटीलाई ३–० गोलले पराजित गर्दै ब्राजिल समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ। फिलाडेल्फिया स्टेडियममा भएको खेलको पहिलो हाफमा भएका गोलहरु नै निर्णायक रहे । 

खेलको १३ औं मिनेटमा राफिन्हाले गरेको गोल अफसाइड भएको हो । खेलको २४ औं मिनेटमा म्याथ्यू कुन्हाले गोल गर्दै ब्राजिलको खाता खोल्न सुरु गरेका थिए । पहिलो प्रहार हाइटीका किपरले बचाए । तर त्यो बल क्लियर नहुँदा कुन्हाले त्यसलाई सफ्ट टच गर्दै फिनिस गरेका थिए। 

खेलको ३६ औं मिनेटमा पुन म्याथ्यू कुन्हाले दोस्रो गोल गरे । बायाँतर्फबाट भिनिसियस जुनियरले गरेको पासलाई उनले गोलमा परिणत गरेका हुन् । तेस्रो गोल भिनिसियस जुनियरको नाममा रह्यो । जुनियरले पहिलो हाफको ६ मिनेटको थप गरिएको समयको तेस्रो मिनेटमा उत्कृष्ट गोल गरे । 

खेलको दोस्रो हाफमा हाइटीले केही मौका बनायो । खेलको ६३ औं र ६५ औं मिनेटमा हाइटीले निकै राम्रो मौका बनाएको थियो । तर ब्राजिलको डिफेन्सको अगाडि फिनिस भने हुन सकेन । निर्धारित ९० मिनेटमा थप गरिएको पाँच मिनेटको चौथो मिनेटमा हाइटीले गरेको प्रहार ब्राजिलका गोलकिपरले बचाए । 

आज भएको समूह ‘सी’ को खेलमा मोरक्कोले स्विट्जरल्यान्डलाई १–० ले पराजित गरेको थियो । यो जितसँगै ब्राजिल गोलअन्तरका कारण समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ। यो जितले ब्राजिलको शीर्ष ३२ को सम्भावना पनि बलियो बनाएको छ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×