इजरायल–हिज्बुल्लाह युद्धविराम

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ६, शनिबार ०६:३९

एजेन्सी । इजरायल र लेबनानस्थित हिज्बुल्लाहबीच युद्धविराम लागू भएको छ । अमेरिकी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएअनुसार स्थानीय समयअनुसार शुक्रबार अपरान्ह ४ बजेदेखि युद्धविराम लागू भएको हो ।

इजरायली सेनाका प्रवक्ता अफी डेफ्रिनले विज्ञप्ति जारी गर्दै अहिले युद्धविरामको अवस्था कायम रहेको बताएका छन् । उनले आवश्यक परे इजरायल पुनः सैन्य कारबाहीका लागि तयार रहेको पनि उल्लेख गरेका छन् ।

Advertisement

युद्धविराम लागू हुनुअघि इजरायलले दक्षिणी लेबनानमा रातभर हवाई आक्रमण गरेको थियो । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ ।

यता इजरायली सेनाले आफ्ना चार सैनिक पनि मारिएको जनाएको छ । यसअघि बुधबार अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने उद्देश्यसहित सम्झौतामा हस्ताक्षर भएको थियो । उक्त सम्झौतामा लेबनानलगायत विभिन्न मोर्चामा जारी द्वन्द्व अन्त्य गर्ने सहमति भएको छ ।

युद्धविराम लागू भएसँगै क्षेत्रीय तनाव कम हुने अपेक्षा गरिएको छ । यद्यपि, दुवै पक्षले परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.