
विराटनगर । प्रहरीले विराटनगरका विवादास्पद छविका गुण्डा नाइके अभिषेक गिरीलाई पक्रउ गरेको छ । शनिबार बिहान गिरीको विराटनगरकाे मधुमारास्थित घरमा छापा मारेको प्रहरीले घरबाटै नियन्त्रणमा लिएको हो ।
अवैध हतियार लुकाएर घरमा राखेको आशंकामा पुगेको प्रहरीले जिल्ला कारागार मोरङका कैदीबन्दीसँग रकम असुल गरेको आरोपमा गिरीलाई पक्राउ गरेको हो ।
शरीर बन्धक तथा अपहरण मुद्दामा मोरङ कारागारमा रहदा गिरी चौकीदार थिए । कैदभुक्तान गरी छुटेपनि उनीमाथि मोरङ कारागारको आन्तरिक व्यवस्थापनमा सक्रिय भएको आरोप लाग्दै आएको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कबित कटवालले कैदीबन्दीको भत्ता दुरुपयोग आरोपमा गिरीलाई पक्राउ गरेको बताए । ‘ कारागारका कैदीबन्दीलाई प्राप्त हुने पैसा उनले लगेको आरोप छ,’ उनले भने,‘ थप अनुसन्धान जारी छ ।’
विवादास्पद छविका गिरी गुण्डानाइकेको रुपमा परिचित छन् । पछिल्लो दुई वर्षयता भने उनी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् ।

























