चाइनिज पेस्तोलसहित विराटनगरका दुई जना पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २४, बुधबार ०८:२१

विराटनगर । सुनसरीको गढी गाउँपालिकाबाट प्रहरीले स्वचालित चाइनिज पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ ।

मंगलबार राति करिब १:२० बजेको समयमा गढी गाउँपालिका–१ स्थित मदेली झण्डा चोकमा शंकास्पद रूपमा हिँडिरहेका दुई व्यक्तिलाई प्रहरीले हतियारसहित नियन्त्रणमा लिएको हो ।

अस्थायी प्रहरी चौकी चाँदबेलाबाट खटिएको गस्ती टोलीले उनीहरूलाई चेकजाँच गरेको थियो  । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका–१७ रानीका ५१ वर्षीय नुर महोमद र विराटनगर–८ अशोक चोकका ३२ वर्षीय इम्रान खान  छन् ।

प्रहरीका अनुसार चेकजाँचका क्रममा नुर महोमदको साथबाट ३ राउण्ड गोली लोड गरिएको एक थान चाइनिज पेस्तोल फेला परेको थियो ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय दुहवीमा राखिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.