सार्वजनिक स्थलमा अश्लील अंग देखाउने शिक्षा अधिकृतविरुद्ध म्याद थप

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २३, मंगलबार १८:२९

काठमाडौं । सार्वजनिक स्थलमा महिलालाई गोप्य अंग प्रदर्शन गर्दै दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका ५५ वर्षीय शिक्षा अधिकृत सुरेन्द्र भट्टमाथि पाँच दिन म्याद थप भएको छ ।

जिल्ला अदालत ललितपुरबाट पाँच दिन म्याद थप गरेर अनुसन्धान भइरहेको ललितपुर प्रहरी परिसरका प्रवक्ता डिएसपी मधुकुमार थापाले जानकारी दिए।

रक्षा मन्त्रालयमा शिक्षा अधिकृतकारुपमा कार्यरत भट्टले एक महिलालाई गोप्य अंग देखाएपछि ती महिलाले भिडियो खिचेर सार्वजनिक गरेकी थिइन् । भिडियो सार्वजनिक भएपछि उनी सोमबार पक्राउ परेका हुन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.