जबरजस्ती करणी गरेको आरोपमा पाँच जना पक्राउ 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २३, मंगलबार १७:३३
 जबरजस्ती करणी गरेको आरोपमा पाँच जना पक्राउ 

काठमाडौं । रौतहटको सदरमुकाम गौरस्थित एक होटेलमा एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक नेपाली र चार जना भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।

गौर नगरपालिका–२ स्थित एक होटेलमा करणी भएको भन्दै पीडितले दिएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार असार २१ गते बिहान करिब १ बजे उनीहरूलाई होटेलबाटै पक्राउ गरिएको थियो ।

पक्राउ पर्नेमा गौर नगरपालिका–२ का २५ वर्षीय सन्तोष राउत रहेका छन् । अन्य चार जना भारतीय नागरिकहरूमा भारतको मुजफ्फरपुर जिल्ला कल्याणी पञ्चायत–२४ का ३३ वर्षीय मो. ताजुदिन, सोही जिल्लाको मैरोवन पञ्चायत–२ का ३७ वर्षीय जितेन्द्र कुमार, बकटपुर पञ्चायत–१ का ३८ वर्षीय हसनैन आलम र क्रममा पञ्चायत–४ का ३४ वर्षीय आलोक कुमार रहेको प्रहरीले जनाएको छ ।

पीडित महिलाको उजुरीका आधारमा घटनास्थल पुगेको प्रहरीले आरोपितहरूलाई तत्काल नियन्त्रणमा लिएको थियो । पक्राउ परेका पाँचै जनाविरुद्ध जबरजस्ती करणी सम्बन्धी कसुरमा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको र पीडितको स्वास्थ्य परीक्षण लगायतका प्रक्रियाहरू पूरा गरिएको प्रहरीले जानकारी दिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.