वीपी प्रतिष्ठानमा बिरामीलाई प्रलोभन देखाउने १० जना पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २४, बुधबार १०:५७
सांकेतिक फोटो ।

विराटनगर । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीहरूलाई सस्तो मूल्यमा औषधी मिलाइदिने प्रलोभन देखाई अवैध कमिसनको चलखेल गर्ने १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिष्ठानमा आउने बिरामी तथा तिनका आफन्तलाई विभिन्न निजी मेडिकलहरूबाट सस्तोमा औषधी उपलब्ध गराउने बहानामा बिचौलियाको काम गरी ठगी भइरहेको भन्ने विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।

म्रगलबार इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट घोपाबाट खटिएको संयुक्त टोलीले प्रतिष्ठानको ईमर्जेन्सी भवन अगाडिबाट उनीहरूलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।  अस्पताल परिसरमा हुने अवैध गतिविधि र बिचौलियाहरूको सक्रियताका कारण बिरामीहरू ठगिने क्रम बढेपछि प्रहरीले निगरानी कडा पारेको छ ।

यी हुन् पक्राउ परेकाहरु 

१. रन्जित कुमार चौधरी (३७ वर्ष) – अग्नीसाईर कृष्णासवरन-३, सप्तरी
२. रबिना मण्डल (२७ वर्ष) – राजविराज नगरपालिका-६, सप्तरी
३. हस्त श्रेष्ठ (३५ वर्ष) – आमचोक गाउँपालिका-८, भोजपुर
४. सागर पोखरेल (२० वर्ष) – धरान उप-महानगरपालिका-१५, सुनसरी
५. सान्बिन किराती (२९ वर्ष) – लेटाङ नगरपालिका-३, मोरङ
६. मनिष बुढाथोकी (२३ वर्ष) – धरान उप-महानगरपालिका-६, सुनसरी
७. उमेश कुमार चौधरी (४० वर्ष) – चौदण्डीगढी नगरपालिका-५, उदयपुर
८. धिरोज निरौला (३५ वर्ष) – धरान उप-महानगरपालिका-१७, सुनसरी
९. रोहित मेहता (३१ वर्ष) – इनरुवा नगरपालिका-२, सुनसरी
१०. बिनोद भट्टराई (१८ वर्ष) – धरान उप-महानगरपालिका-११, सुनसरी

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.