विराटनगरमा प्रहरीले पिछा गरेपछि पोखरीमा हाम फालेका किशोर मृत फेला

Share this
772shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २६, शुक्रबार ११:३५

विराटनगर । विराटनगर महानगरपालिका–१८ भेडियारीमा प्रहरीले पिछा गरेको थाहा पाएपछि गाँजासहितको भारतीय नम्बर प्लेटको मोटरसाइकल छाडेर भाग्ने क्रममा पोखरीमा डुबेर बेपत्ता भएका एक जना किशोर शुक्रबार बिहान मृत फेला परेका छन् ।

मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठका अनुसार विराटनगर महानगरपालिका–१८ का १७ वर्षीय मञ्जितकुमार यादवलाई भेडियारी पोखरीको बीच भागमा मृत फेला पारिएको हो । शुक्रबार बिहान १०ः३० बजेतिर पोखरीको बीच भागमा तैरिरहेको अवस्थामा उनको शव देखिएको प्रहरीले जनाएको छ । यद्यपि, शव बाहिर निकालिएको छैन ।

Advertisement

बोट (डुंगा)को प्रयोग गरेर शव बाहिर निकाल्ने तयारी गरिएको प्रहरीले जनाएको छ । यादव बुधबार बिहान ८ः५० बजेतिर पोखरीमा डुबेर बेपत्ता भएका थिए । अस्थायी प्रहरी पोस्ट भेडियारीको टोलीले दुई जना सवार रहेको बीआर ५० एएल ३६८७ नम्बरको मोटरसाइकललाई रोक्न खोज्दा चालक मोटरसाइकल छाडेर फरार भएका थिए ।

प्रहरीले पिछा गरेको थाहा पाएपछि फरार हुने क्रममा पोखरीमा यादव डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । घटना भएयता स्थानीय, नेपाल र सशस्त्र प्रहरीले उनको खोजी गरिरहेका थिए । यादवको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर टोलीसमेत परिचालन गरिएको थियो । तर, शव आफैं पानीमाथि तैरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

पोखरीमा डुबेको दुई दिनपछि मृत फेला परेका यादवलाई करिब १ वर्षअघि पनि प्रहरीले गाँजासहित पक्राउ गरेको थियो । तर, मुद्दा चलाउनलाई उमेर कम देखिएपछि आगामी दिनमा लागुऔषधको धन्दामा संलग्न नहुने सर्तमा प्रहरीले कारबाही नगरिकन अभिभावकको जिम्मा लगायो ।

मुद्दा नचलाइकन प्रहरीले छाडेको एकपछि गाँजाको धन्दासँगै जोडिएर यादवको ज्यान गएको छ । प्रहरीका अनुसार यादवले चलाएको मोटरसाइकलमा दुई जना सवार थिए । उनी भाग्ने क्रममा पोखरीमा हाम फालेर बेपत्ता भएको र अर्का एक जनालाई गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गाँजा र मोटरसाइकलसहित पक्राउ पर्नेमा भारतको सुपौल जिल्ला गनौरा पञ्चायत–५ का ४१ वर्षीय शिवधर यादव हुन् । मोटरसाइकलको पछाडि बसेका यादवले बोकेको झोला चेकजाँच गर्दा लुकाइछिपाइ राखिएको ६ किलो १३० ग्राम गाँजा बरामद भएको डीएसपी श्रेष्ठले बताए । उनका अनुसार गाँजासहित पक्राउ परेका भारतीय नागरिक यादवमाथि भने प्रहरीले अनुसन्धान गरिरहेको छ ।

विराटनगरमा गाँजासहितको मोटरसाइकल छाडेर भागेका चालक पोखरीमा डुबेर बेपत्ता

तपाइको प्रतिक्रिया
भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ३८९ पुग्यो
बेलायतका राजा चार्ल्सद्वारा नेपालमा जनधनको क्षतिप्रति दुःख व्यक्त
बाढी प्रभावितका लागि ६ घण्टामै २७ करोड ३३ लाख सहयोग
नुवाकोटबाट फर्किएपछि प्रधानमन्त्रीले भने, ‘सरकार प्रभावित नागरिकसँगै छ’
प्रधानमन्त्रीद्वारा मन्त्रालयका सचिवहरूसँग आपतकालीन छलफल
रसुवा बाढीपीडितका लागि कर्मचारीको तलब कट्टा गरिने, ३६ करोड रुपैयाँ जुट्ने
कांग्रेस १५ औँ महाधिवेशन रोक्न देउवाको माग सर्वोच्चद्वारा अस्वीकार 
कांग्रेस १५ औँ महाधिवेशन रोक्न देउवाको माग सर्वोच्चद्वारा अस्वीकार 
प्रधानमन्त्रीद्वारा मन्त्रालयका सचिवहरूसँग आपतकालीन छलफल
प्रधानमन्त्रीद्वारा मन्त्रालयका सचिवहरूसँग आपतकालीन छलफल
बाढीपीडितको राहतका लागि उद्योग संगठन मोरङको १५ लाख सहयोग
बाढीपीडितको राहतका लागि उद्योग संगठन मोरङको १५ लाख सहयोग
‘व्यक्ति होइन, पार्टी मुख्य कुरा हो’ (भिडियोसहित)
बाढीपीडितका लागि बर्जु गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक र कर्मचारीले एक दिनको तलब दिने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×