
इटहरी । उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा महिला निर्वाचित भएकी छन् । अध्यक्षमा गायत्री कटुवाल भण्डारी निर्वाचित भएकी हुन् ।
आइतबार राति सम्पन्न भएको मतगणनाअनुसार भण्डारीले आफ्ना निकटतम् प्रतिस्पर्धी नवराज काफ्लेलाई १५ मततान्तरले पराजित गरिन । निर्वाचन समितिका संयोजक टंक दुलालका अनुसार भण्डारीले ७५८ मत प्राप्त गरेकी थिइन् भने काफ्ले ७४३ मतमा सीमित भए ।
त्यसैगरी वाणिज्य सदस्यतर्फ जीवनकुमार न्यौपाने, सञ्जीव खड्का, बलराम बस्नेत, सिनेट रिजाल, सञ्जय साह, बलबहादुर न्यौपाने, सन्नी चौधरी, दिनेशप्रसाद धमला र महेश थापा निर्वाचित भएका छन् । महिला सदस्यतर्फ मीना आचार्य ढकाल र सुमित्रा घिमिरे भट्टराई निर्वाचित भएका छन् ।
उद्योग सदस्यतर्फ अभिषेक बस्नेत, शिवप्रसाद भट्टराई ‘भूपाल’, हरिप्रसाद तिम्सिना र किसनकुमार खेडिया निर्वाचित भएका छन् । २ हजार ३ सय ६९ मतदाता रहेकामा १ हजार ५ सय ४३ मत खसेको निर्वाचन समितिले जनाएको छ ।



















