
काठमाडाैं । रौतहटको गरुडा नगरपालिका–९ गम्हरियाका २८ वर्षीय गौतमकुमार सहनीले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् ।
मंगलबार राति करिब १ बजे आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर आगो लगाएका हुन् । सहनीको हाल काठमाडौँस्थित वीर अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार उनी केही समयदेखि मानसिक समस्यासँग जुधिरहेका थिए । आगोले उनको शरीरको करिब ३१ प्रतिशत भाग जलेको छ ।
गरुडा बजारमा होटल चलाएर परिवार पाल्दै आएका सहनीको घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



















