सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३२, बिहीबार १०:५७

विराटनगर । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । चाँदीको मूल्य भने घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलाको ४ सय रूपयाँले बढेको छ । भाउ बढेसँगै सुन प्रतितोला २ लाख ८५ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य तोलाको २ लाख ८४ हजार ८ सय रूपैयाँ थियो ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला ९० रूपैयाँले घटेको छ । भाउ घटेसँगै चाँदीको मूल्य तोलाको ४ हजार ३ सय २५ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला ४ हजार ४ सय १५ रूपैयाँ थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.