
विराटनगर । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ । पछिल्लो केही दिनेदेखि घटेको सुनचाँदीको मूल्य फेरी बढ्न थालेको हो ।
बुधबार (आज) बजारमा सुन प्रतितोला ८ सय र चाँदी प्रतितोला ५५ रुपैयाँ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मूल्य बढेसँगै बजारमा आज सुन प्रतितोला २ लाख ८४ हजार ८ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन मंगलबार सुन प्रतितोला २ लाख ८४ हजारमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य बढेर प्रतितोला ४ हजार ४ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन मंगलबार बजारमा चाँदी प्रतितोला ४ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।



















