विराटनगरका १०८ वर्षीय कृतिराज गिरीको निधन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३२, बिहीबार ११:२७

विराटनगर । विराटनगर महानगरपालिका–५ निवासी १०८ वर्षीय कृतिराज गिरीको बुधबार राति ११ः५० बजेतिरनिधन भएको छ । उनको निधनप्रति विभिन्न राजनीतिक दलका नेता, सामाजिक व्यक्तित्व तथा शुभचिन्तकहरूले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

स्वर्गीय गिरी नन्दराज गिरीका बुवा तथा नेकपा (एमाले) विराटनगर महानगर कमिटीका अध्यक्ष बलराम गिरी र एमाले विराटनगर–५ का वडा कमिटी अध्यक्ष राजेश गिरीका हजुरबुवा हुन् । उनको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्नेहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् । शोकाकुल परिवारलाई यस दुःखद घडी सहन गर्ने शक्ति प्राप्त होस् भन्ने कामना पनि व्यक्त गरिएको छ ।

शुभचिन्तकहरूका अनुसार स्वर्गीय गिरीले लामो जीवनकालमा समाजमा पुर्‍याएको योगदान, भोगाइ र अनुभव भावी पुस्ताका लागि प्रेरणादायी रहनेछन् । १०८ वर्षको जीवनयात्रा पूरा गरेका गिरी सम्भवतः विराटनगरकै सबैभन्दा ज्येष्ठ नागरिक थिए ।

उनको निधनले परिवारसँगै आफन्त, इष्टमित्र र शुभेच्छुकहरूलाई गहिरो पीडा पुगेको छ । स्वर्गीय गिरीको पार्थिव शरीरको बिहीबार विराटनगरस्थित परोपकार घाटमा हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरिएको परिवारले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.