
काठमाडौं । अमेरिकाले इरानमाथिको हवाई आक्रमण थप कडा पारेकाे छ । शुक्रबार बिहान इरानका रणनीतिक महत्वको बन्दरगाह क्षेत्रका थप पुलहरूमा आक्रमण गरेको छ ।
साथै अमेरिकाले एउटा निगरानी टावर पनि ढालेको छ। इरानले भने अमेरिकाले सिभिलियन क्षेत्रलाई निसाना बनाएको भन्दै कडा जवाफ दिने बताएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि दबाब बढाउन पूर्वाधारलाई नै निशाना बनाउने चेतावनी दिएपछि यस्तो आक्रमण भएको हो। यसको उद्देश्य तेहरानलाई ‘स्ट्रेट अफ हर्मुज’ आफ्नो नियन्त्रण खुकुलो बनाउन बाध्य पार्नु रहेको बताइएको छ।
यसैबीच, इरानले पनि मध्यपूर्वका अमेरिकाका सहयोगी मुलुकहरू, विशेषगरी युद्ध अन्त्यका लागि मध्यस्थकर्ताको भूमिका खेलिरहेको कतारमाथि नयाँ क्षेप्यास्त्र आक्रमण गरेको छ।
गत महिना भएको अस्थायी युद्धविराम भंग भइसकेको छ।

























