रोम विधान अनुमोदन गर्न सरकारलाई अधिकारकर्मीको आग्रह 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १, शुक्रबार १६:५६
रोम विधान अनुमोदन गर्न सरकारलाई अधिकारकर्मीको आग्रह 

विराटनगर । अन्तर्राष्ट्रिय न्याय दिवसका अवसरमा नेपाल सरकारलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतको ‘रोम विधान’ तत्काल अनुमोदन गर्न माग गर्दै विराटनगरमा दबाबमूलक कार्यक्रम गरिएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालयको नेतृत्वमा विभिन्न मानव अधिकारवादी संघसंस्थाहरुले शुक्रबार जिल्ला प्रशासन कार्यालय मोरङमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई ज्ञापनपत्र बुझाएका हुन् ।

मानव अधिकारका क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधिहरूले मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेललाई भेटेर ज्ञापनपत्र हस्तान्तरण गरेका थिए । ज्ञापनपत्र बुझ्दै प्रजिअ कटेलले यसलाई तत्कालै प्रधानमन्त्रीको कार्यालयमा पठाउने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘राष्ट्रिय मानव अधिकार आयोगले समेत रोम विधान अनुमोदनका लागि सरकारलाई पटक–पटक आग्रह गरिसकेको छ । अधिकारकर्मीहरूबाट आएको यो ज्ञापनपत्रले सरकारको ध्यानाकर्षण गराउन थप बल पुग्ने छ ।’

इन्सेक कोशी प्रदेश संयोजक मनोहरकुमार पोखरेलले १७ जुलाईमा संसारभर मनाइने अन्तर्राष्ट्रिय न्याय दिवसको सन्दर्भ उल्लेख गर्दै द्वन्द्वपीडितको न्याय सुनिश्चित गर्न र दण्डहीनताको अन्त्यका लागि रोम विधान अनुमोदन अनिवार्य रहेको बताए । उनले भने, ‘अन्तर्राष्ट्रिय स्तरमा गरिएका प्रतिबद्धताहरू पूरा गर्न र मानवताविरुद्धका गम्भीर अपराधमा संलग्नलाई जबाफदेही बनाउन सरकारले अब ढिलाइ गर्नु हुँदैन ।’

हालसम्म विश्वका १२५ राष्ट्रले रोम विधान अनुमोदन गरिसकेका छन् । दक्षिण एसियाका बंगलादेश, अफगानिस्तान र माल्दिभ्स लगायतका देशहरू यसका पक्ष राष्ट्र बनिसकेका भए पनि नेपाल अझै यस प्रक्रियामा सहभागी भएको छैन ।

रोम विधानअन्तर्गत गठन भएको अन्तर्राष्ट्रिय फौजदारी अदालतले युद्ध अपराध, नरसंहार र मानवताविरुद्धको अपराधजस्ता गम्भीर मुद्दाहरूमा कारबाही गर्ने क्षेत्राधिकार राख्दछ । नेपालको मानव अधिकार संरक्षण र संवर्द्धनका लागि यो सन्धि निकै महत्त्वपूर्ण मानिन्छ ।

यसअघि पुनर्स्थापित प्रतिनिधि सभाले २०६३ साउन ९ गते नै नेपाल सरकारलाई रोम विधान अनुमोदन गर्न निर्देशनात्मक आदेश जारी गरेको थियो । साथै, संयुक्त राष्ट्र संघको विश्वव्यापी आवधिक समीक्षाका क्रममा समेत थुप्रै राष्ट्रहरूले नेपाललाई यो विधान पारित गर्न सुझाव दिँदै आएका छन् ।

नेपालमा मानव अधिकारको अवस्था सुदृढ बनाउन र पीडितको न्याय सुनिश्चित गर्न अधिकारकर्मीहरूले विगत लामो समयदेखि यसको वकालत गर्दै आएका छन् ।

तपाइको प्रतिक्रिया
एम्सका डा. यादव आबद्धः विपन्न बिरामीलाई निःशुल्क उपचार गर्ने पारस अस्पतालकाे प्रतिबद्धता
एम्सका डा. यादव आबद्धः विपन्न बिरामीलाई निःशुल्क उपचार गर्ने पारस अस्पतालकाे प्रतिबद्धता
रोम विधान अनुमोदन गर्न सरकारलाई अधिकारकर्मीको आग्रह 
रोम विधान अनुमोदन गर्न सरकारलाई अधिकारकर्मीको आग्रह 
हङकङमा रहेका देउवाको हात भाँच्चियाे
इरानका रणनीतिक महत्वको क्षेत्रमा अमेरिकी आक्रमण
‘एमाले विशाल वृक्ष हो’ : अध्यक्ष ओली
शनिबारदेखि मौसमी प्रणाली थप सक्रिय, सतर्कता अपनाउन आग्रह
मन्त्रालय घटेपछि नयाँ जिम्मेवारी
अस्थिरता निम्त्याउने काम नगरौँ, केन्द्रको निर्णय शिरोधार्य हुन्छ : मुख्यमन्त्री हिक्मतकुमार कार्की
रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश विशेष अदालतको अध्यक्ष बन्दै
दुर्घटनामा १४ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.