विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?

Share this
669shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ३, आइतबार ०६:०६
यस्तो छ विदेशी मुद्राको विनिमय दर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३६ पैसा तथा युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५३ पैसा छ । युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ६० पैसा र बिक्रीदर २०७ रुपैयाँ ४१ पैसा एवं स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपैयाँ ३४ पैसा र बिक्रीदर १९११ रुपैयाँ ०९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ १७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५९ पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ११० रुपैयाँ तोकिएको छ । सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ११ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५८ पैसा एवं जापानी येन १० को खरिददर नौ रुपैयाँ ४७ पैसा र बिक्रीदर नौ रुपैयाँ ५१ पैसा निर्धारण गरिएको छ ।

चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६९ पैसा र बिक्रीदर २२ रुपैयाँ ७८ पैसा तथा साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ९४ पैसा र बिक्रीदर ४१ रुपैयाँ १० पैसा तय गरिएको छ । कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ १७ पैसा र बिक्रीदर ४२ रुपैयाँ ३४ पैसा एवं थाइ भाट एकको खरिददर चार रुपैयाँ ५७ पैसा र बिक्रीदर चार रुपैयाँ ५९ पैसा कायम गरिएको छ ।

युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०३ पैसा तथा मलेसियन रिङ्गट एकको खरिददर ३७ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६९ पैसा तोकिएको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३५ पैसा र बिक्रीदर १० रुपैयाँ ३९ पैसा एवं स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ ।

डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५२ पैसा र बिक्रीदर २३ रुपैयाँ ६१ पैसा तथा हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १९ रुपैयाँ ६९ पैसा तय गरिएको छ । कुवेती दिनार एकको खरिददर ५०० रुपैयाँ ०३ पैसा र बिक्रीदर ५०१ रुपैयाँ ९८ पैसा एवं बहराइन दिनार एकको खरिददर ४०७ रुपैयाँ ८५ पैसा बिक्रीदर ४०९ रुपैयाँ ४४ पैसा कायम गरिएको छ ।

ओमनी रियाल एकको खरिददर ३९९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ४०० रुपैयाँ ९१ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन हुन सक्ने छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया
कोशी प्रदेश सभा सचिवालय
कोशी प्रदेशसभाको ३२ औँ बैठक असोज २२ गते
ठेक्का प्रणाली ह्याक प्रकरणमा थप ९ निर्माण व्यवसायी पक्राउ
बदलिएको कांग्रेसले देश पनि बदल्छ: गगन थापा
बदलिएको कांग्रेसले देश पनि बदल्छ: गगन थापा
हाजी आँखा अस्पतालको सेयर विवाद : दोब्बर असुल्न खोजिएको अध्यक्षको भनाइ, पूर्वसञ्चालक भन्छन्– रकम पाएकै छैनौँ
स्वास्थ्य बीमाका लागि पुसदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य
कांग्रेसमा निरन्तरताको क्रमभंग गर्नुभयो, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस्: प्रचण्ड
कांग्रेसमा निरन्तरताको क्रमभंग गर्नुभयो, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस्: प्रचण्ड
कांग्रेसको शक्ति नै लामो राजनीतिक इतिहास: लामिछाने
कांग्रेसको शक्ति नै लामो राजनीतिक इतिहास: लामिछाने
बलियो कांग्रेससहित अगाडि आउने छौंः शर्मा  
बलियो कांग्रेससहित अगाडि आउने छौंः शर्मा  
जनताका प्रश्नको जवाफ दिन नसक्नु आत्मसमीक्षाको विषय हो: महामन्त्री घिमिरे
कांग्रेस महाधिवेशनमा दाहाल, रवि, भट्टराईसहित शीर्ष नेताको जमघट
कांग्रेस महाधिवेशनमा दाहाल, रवि, भट्टराईसहित शीर्ष नेताको जमघट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×