श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग

Share this
654shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १७, शनिबार १८:५२
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग

विराटनगर । मोरङ उद्योग व्यापार संघले श्रम ऐनलाई लगानीमैत्री, व्यावहारिक र समयसापेक्ष बनाउनुपर्ने माग गर्दै श्रम तथा रोजगारमन्त्री रामजी यादवसमक्ष सुझाव पत्र पेश गरेको छ।

संघका अध्यक्ष अनिलकुमार साह नेतृत्वको टोलीले मन्त्री यादवलाई भेटेर सुझाव पत्र हस्तान्तरण गर्दै विद्यमान श्रम ऐनका केही व्यवस्था अव्यवहारिक हुँदा उद्योग सञ्चालन, नयाँ लगानी आकर्षण तथा रोजगारी सिर्जनामा समस्या भइरहेको जनाएको छ ।

संघले विशेषगरी हायर एन्ड फायरको कानुनी व्यवस्था, श्रमिकको कार्यसम्पादनका आधारमा सेवा समाप्त गर्न सकिने स्पष्ट व्यवस्था, कमजोर कार्यसम्पादन वा अनुशासनहीनता देखिएका श्रमिकको निष्कासन प्रक्रिया सरल बनाउनुपर्ने माग गरेको छ । साथै आर्थिक संकटमा परेका उद्योगले श्रमिक कटौती गर्दा लाग्ने अत्यधिक आर्थिक भार पुनरावलोकन गर्न आग्रह गरेको छ ।

सुझाव पत्रमा रोजगारी गुमाएका श्रमिकलाई सामाजिक सुरक्षा कोषमार्फत निश्चित मापदण्डका आधारमा बेरोजगारी भत्ता उपलब्ध गराउने स्पष्ट कानुनी व्यवस्था गर्नुपर्ने उल्लेख छ । कार्यस्थलमा प्राविधिक त्रुटिका कारण हुने दुर्घटनालाई फौजदारी प्रकृतिको मुद्दा नभई औद्योगिक दुर्घटना (एक्सिडेन्ट केस) का रूपमा परिभाषित गरी सामाजिक सुरक्षा कोषमार्फत क्षतिपूर्ति सुनिश्चित गर्न पनि संघले माग गरेको छ ।

त्यस्तै, १६ वर्ष पूरा भएका व्यक्तिलाई हल्का, सहज तथा गैरजोखिमपूर्ण काममा कानुनअनुसार रोजगारी दिन सकिने व्यवस्था गर्न, कार्य समयमा अनुमति बिना व्यक्तिगत मोबाइल तथा डिजिटल डिभाइस प्रयोगलाई स्पष्ट रूपमा दुराचारअन्तर्गत समेट्न, श्रमिकलाई दिइने इन्सेन्टिभ तथा कार्यसम्पादन बोनसलाई नियमित पारिश्रमिकमा गणना नगर्ने स्पष्ट व्यवस्था गर्न पनि संघले सुझाव दिएको छ।

संघले वार्षिक १३ दिनको पर्व बिदा श्रमिकले आफ्नो संस्कृतिअनुसार छनोट गर्न पाउने लचिलो नीति बनाउन, शनिबार र सार्वजनिक बिदाको सट्टा दिइने बिदाका विषयमा स्पष्ट व्यवस्था गर्न तथा मेसिनमा काम गर्ने श्रमिकको आधा घण्टाको विश्राम समयलाई कार्य समयमा गणना गर्नुपर्ने मागसमेत राखेको छ । सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताका आश्रित आमाबुवाको समेत स्वास्थ्योपचार हुने व्यवस्था गर्न आग्रह गरिएको छ ।

सुझाव पत्र बुझ्दै श्रम तथा रोजगारमन्त्री रामजी यादवले संघले उठाएका विषय व्यावहारिक र समयसापेक्ष रहेको बताउँदै उद्योग संरक्षण तथा लगानी प्रवर्द्धनका लागि आवश्यक सुधारमा पहल गर्ने प्रतिबद्धता जनाए । उनले श्रम ऐन हालसम्म एकपक्षीय रहेको स्वीकार गर्दै आगामी संशोधनमार्फत उद्योगी र श्रमिक दुवै पक्षका लागि विन–विन वातावरण निर्माण गर्ने विश्वास व्यक्त गरे ।

संघका वरिष्ठ उपाध्यक्ष अनिल सारडा, उद्योग उपाध्यक्ष संजयकुमार श्रेष्ठ, महासचिव अमितकुमार सारडा लगायत पदाधिकारीको उपस्थिति रहेकाे थियो ।

तपाइको प्रतिक्रिया
कांग्रेसको महामन्त्रीमा भिड्दै डा. सुनील शर्मा, यस्ता छन् एजेन्डा
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
प्रहरीमाथि आक्रमण गर्नेहरु पक्राउ
सुकुना क्याम्पसद्वारा १३८ विद्यार्थीलाई आठ लाख ६१ हजार छात्रवृत्ति
बीपीको पहिलो सार्वजनिक सम्बोधनस्थलमा हुँदै कांग्रेस महाधिवेशन उद्घाटन
काँकडभिट्टामा भारतीय चिट्ठाको जालो, घरबाटै बरामद भयो १ हजार ३ सय थान
मधेशमा दुई महिनामा विपद्का ४५९ घटना, ९२ जनाको मृत्यु
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
विराटनगरको हाजी आँखा अस्पताल : सञ्चालक गुप्तामाथि यस्तो आरोप
सुनसान बन्दै धनकुटाको चौबिसेका मगर र जनजाति संग्रहालय
बेलायतको नेपाली च्यारिटी फाउन्डेसनद्वारा बाढीपीडितलाई एक करोड
बेलायतको नेपाली च्यारिटी फाउन्डेसनद्वारा बाढीपीडितलाई एक करोड
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×