अभिषेकप्रतापलाई पक्राउमा रोक

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ६, बुधबार १६:१९

काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

बुधबार न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले सरकारका नाममा उक्त आदेश जारी गर्दै अन्तरिम आदेशको मागका बारेमा छलफल गर्न दुवै पक्षलाई उपस्थित हुन पनि निर्देशन दिएको हो । यसअघि मंगलबार शाहले आफूमाथि जारी भएको पक्राउ पुर्जी बदर गर्न माग गर्दै गृहमन्त्रालय, कपिलवस्तु जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

Advertisement

कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद शाहविरुद्ध कुटपिटको आरोपमा कपिलवस्तु जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×