हिंसात्मक गतिविधिको असर शैक्षिक संस्थामा पनि

Share this
761shares
मुलुकी खबर
एन्जु शिवाकोटी
clock२०८३ श्रावण १४, बिहीबार १५:५३

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा दुई समुदायबीच भएको विवाद र त्यसपछिको हिंसात्मक झडपको प्रभाव छिमेकी जिल्ला मोरङसम्म पुगेको छ। घटनापछि उत्पन्न सुरक्षा संवेदनशीलता, विरोध प्रदर्शन तथा विद्यालय बस सञ्चालनमा अवरोध आउन सक्ने सम्भावित जोखिमका कारण सुनसरी र विराटनगरका धेरै विद्यालय तथा कलेजको पठनपाठन प्रभावित भएको थियो। अहिले भने सुरक्षा अवस्था क्रमशः सामान्य बन्दै गएसँगै विराटनगरका केही विद्यालयले पुनः नियमित कक्षा सञ्चालन सुरु गरेका छन्।

आइतबार राति कप्तानगन्जमा दुई समुदायबीच भएको झडप नियन्त्रणमा लिन सुरक्षाकर्मीले चलाएको गोली लागेर एक स्थानीयवासीको मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए। त्यसपछि सोमबार विराटनगरमा समेत विरोध प्रदर्शन भयो। प्रदर्शनका कारण सुरक्षा सतर्कता बढाइएको थियो भने सम्भावित जोखिमलाई ध्यानमा राख्दै अधिकांश शैक्षिक संस्थाले आफ्नै निर्णयमा पठनपाठन स्थगित गरेका थिए।

Advertisement

विराटनगर महानगरपालिकाले भने विद्यालय बन्द गर्ने कुनै औपचारिक निर्णय गरेको थिएन। महानगरको शिक्षा महाशाखा प्रमुख रामप्रसाद ढुङ्गेलका अनुसार विद्यालय बस सञ्चालनमा समस्या आउन सक्ने सूचना प्राप्त भएपछि धेरै विद्यालयले विद्यार्थीको सुरक्षालाई प्राथमिकतामा राख्दै कक्षा सञ्चालन नगर्ने निर्णय गरेका हुन्।

महानगरपालिकाले औपचारिक रूपमा विद्यालय बिदा घोषणा नगरे पनि अधिकांश विद्यालय तथा कलेज खुलेनन्। विद्यालय बस सञ्चालनमा अवरोध आउन सक्ने अवस्था देखिएपछि शैक्षिक संस्थाहरूले आफ्नै निर्णयमा पठनपाठन स्थगित गरेको ढुङ्गेलले बताए।

यसैबीच, सुनसरीको देवानगन्ज र हरिनगर क्षेत्रमा घटनापछि स्थानीयवासीमा अझै त्रासको वातावरण रहेको छ। मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै देवानगञ्ज र हरिनगर गाउँपालिकाले सार्वजनिक बिदा घोषणा गरेका थिए। सुरक्षा अवस्थालाई मध्यनजर गर्दै ती क्षेत्रमा रहेका विद्यालय तथा अन्य शैक्षिक संस्थाहरू पनि केही दिन बन्द गरिएका छन्।

इनरुवा नगरपालिकाका शिक्षा शाखा प्रमुख स्वस्तिका दाहालका अनुसार असहज परिस्थितिका कारण प्रभावित क्षेत्रका विद्यालयको पठनपाठन केही दिन सञ्चालन नहुने र छुटेको पढाइ अतिरिक्त कक्षामार्फत पूरा गर्ने योजना बनाइएको छ। घटनाले केही दिनका लागि शैक्षिक गतिविधि रोकिए पनि यसको असर पढाइमा मात्र सीमित नरहने र यस्ता हिंसात्मक घटनाको चर्चा तथा त्रासपूर्ण वातावरणले बालबालिकाको मनोविज्ञानमा असर पर्न सक्ने दाहालले बताइन्। यसका लागि विद्यालय र अभिभावक दुवैले बालबालिकासँग सकारात्मक सोच, सामाजिक सद्भाव, सहिष्णुता र आपसी सम्मानका विषयमा खुला संवाद गर्न आवश्यक रहेको उनको भनाइ छ।

यता, मोरङ प्याब्सनका वरिष्ठ उपाध्यक्ष मोहन बुढाथोकीले पनि विद्यार्थीको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर विद्यालय सञ्चालन गरिनुपर्नेमा जोड दिएका छन्। बालबालिकामा कुनै समुदायप्रति घृणा वा हिंसाको भावना विकास हुन नदिन सचेत रहनुपर्ने उनले बताए।

सुरक्षा अवस्था सुधार हुन थालेसँगै आजदेखि विराटनगरका केही विद्यालयले नियमित पठनपाठन पुनः सञ्चालन गरेका छन्। बाँकी विद्यालयहरूले पनि स्थानीय प्रशासनको सुरक्षा मूल्याङ्कन र यातायातको सहजताका आधारमा क्रमशः कक्षा सञ्चालन गर्ने तयारी गरेका छन्।

तपाइको प्रतिक्रिया
मोरङ–६ कांग्रेस अधिवेशन स्थलमा झडप, मनोनयन प्रक्रिया प्रभावित
मोरङ कांग्रेसद्वारा क्षेत्रीय अधिवेशनमा भएको झडपको भर्त्सना, निष्पक्ष छानबिनको माग 
विकास निर्माणका समस्या समाधान गर्न कानुन संशोधनको तयारी
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १६ अर्ब १५ करोड
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
पदकधारी कराँते खेलाडी स्वदेश फिर्ता
क्षतिग्रस्त जलविद्युत् आयोजना पुनःनिर्माणमा ३ खर्ब ९० अर्बसम्म लाग्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×