गृहमन्त्रीले छाडे विराटनगर, सिरहा प्रस्थान

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १५, शुक्रबार १६:३२

विराटनगर । सुनसरीको देवानगन्ज गोलीकाण्डका मृतक परिवारसँग सहमति गरेर गृहमन्त्री सुधन गुरुङ शुक्रबार सिरहातर्फ प्रस्थान गरेका छन् ।

देवानगन्ज घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवारसँग बिहीबार राति सहमति गरेपछि गृहमन्त्री गुरुङले शुक्रबार दिउँसो विराटनगर छाडेका हुन् । रातभर छलफल र सहमति प्रक्रियामा व्यस्त रहेका उनी शुक्रबार बिहान करिब ६ः३० बजेतिर कोशी प्रदेश प्रहरी कार्यालयमा फर्किएका थिए ।

Advertisement

प्रदेश प्रहरी कार्यालयको गेस्ट हाउसमा आराम गरेर उनी सिरहातर्फ लागेका हुन् । देवानगन्ज घटनामा मृतकका परिवार सहमतिपछि शव बुझ्न तयार भए पनि अहिलेसम्म शव उठ्न सकेको छैन ।

सिरहामा भएको घटनामा मृत्यु भएका व्यक्तिका परिवारले पनि गृहमन्त्रीसँग प्रत्यक्ष छलफल र सहमति हुनुपर्ने अडान लिएका छन् । गृहमन्त्री गुरुङले सिरहा पुगेर मृतकका परिवारसँग भेटघाट गर्ने कार्यक्रम रहेको प्रहरीले जनाएको छ ।

देवानगन्ज गोलीकाण्ड र त्यसपछि उत्पन्न परिस्थितिलाई समाधान गर्ने प्रयासस्वरूप गृहमन्त्रीले सिरहा पुगेर त्यहाँका पीडित परिवारसँग पनि वार्ता गर्ने तयारी गरेका छन् ।

तपाइको प्रतिक्रिया
अग्रज पत्रकार पुष्पराज थपलियालाई जनार्दन मैनाली पत्रकारिता पुरस्कार
एसियाली आईटीएफ तेक्वान्दोमा शेखरले नेपालको चुनौती पेस गर्ने
शेखरले एसियाली आईटीएफ खेल्ने
कप्तानगन्ज गोलीकाण्डका मृतकको शव पोस्टमार्टमपछि परिवारलाई बुझाइयो
विराटनगरमा भव्य सद्भाव र्‍याली : ‘सद्भाव नै हाम्रो धर्म, एकता नै हाम्रो शक्ति’
आपराधिक पृष्ठभूमिका अभिषेक गिरीविरुद्ध मुद्दा दायर, २१ करोडभन्दा बढीको बिगो दाबी
कप्तानगन्ज गोलीकाण्डका मृतकको शव पोस्टमार्टमका लागि कोशी अस्पताल लगियो
मोरङको रतुवामाईमा मिनी ट्रकबाट एक मेट्रिक टनभन्दा बढी गाँजा बरामद
सरकार योजनाबद्ध रूपमा लागिपरेको छ : प्रधानमन्त्री
सद्भाव राख्न कोशी प्रदेशसभाका सभामुखको अपिल
गृहमन्त्रीले छाडे विराटनगर, सिरहा प्रस्थान
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.