कोशीमा नयाँ सरकारबारे छलफलः नीति र कार्यक्रममा सहमति, मन्त्रालय भागबण्डा अझै पेचिलो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २५, सोमबार १९:०५

विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठन र सत्ता साझेदारीको तयारीमा जुटेका नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच मन्त्रालयको भागबन्डामा कुरा मिल्न सकेको छैन।

विराटनगरस्थित मुख्यमन्त्री निवासमा सोमबार भएको दुई दलीय बैठकमा मन्त्रालयको संख्यामा कुरा नमिलेपछि मन्त्रालय भागबन्डा सम्बन्धी छलफल निष्कर्षविहीन बनेको हो।

Advertisement

नेकपा कोशी प्रदेशका इन्चार्ज तथा पूर्व मुख्यमन्त्री राजेन्द्र राईका अनुसार छलफलका क्रममा नेकपाले ४ वटा मन्त्रालयको दाबी पेस गरेको छ भने एमालेले ३ वटा मात्रै मन्त्रालय दिन सकिने अडान राखेको छ।

मन्त्रालयको संख्यामा कुरा नमिलेपछि मंगलबार एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो बसेर यस विषयमा अन्तिम टुंगो लगाउने सहमति भएको छ।

मन्त्रालय भागबन्डामा सहमति नजुटिए पनि अन्य महत्वपूर्ण विषयमा भने दुई दलबीच सहमति बनेको छ। नेकपाका संसदीय दलका नेता आङ्बोका अनुसार सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम तर्जुमा गर्न उहाँकै संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गर्ने निर्णय भएको छ।

कार्यदलमा एमालेका तर्फबाट तिलकुमार मेन्याङ्बो सदस्य रहने निश्चित भएको छ भने बाँकी सदस्यहरूको नाम मंगलबारसम्म टुंगो लगाइनेछ।

नयाँ सरकारले बजेटको पुनरावलोकन गर्ने, अड्किएका ऐन-कानुनहरू आपसी सहमतिमा पारित गर्दै सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउने र प्रदेश नामकरणका विषयमा अन्य दल एवम् शीर्ष नेताहरूसँग बृहत् छलफल अघि बढाउने विषयमा पनि दुवै दल सकारात्मक बनेका छन्।

तपाइको प्रतिक्रिया
बीपी प्रतिष्ठानमा स्वास्थ्य बीमा सेवा थप व्यवस्थित, नयाँ नियम लागू
मन्त्रीबारे छलफल नै सुरु भएको छैन, भ्रममा नपर्नुस्: राजेन्द्र राई
मन्त्री बन्ने दौडमा म छैन: इन्द्रबहादुर आङ्बो
इलामका युवकको मलेसियामा मृत्यु, शव ल्याउने तयारी
पुष्पलाल स्मृति ब्याडमिन्टन: कोर्टमा प्रिन्स दाहालको अप्रत्याशित हार
पुष्पलाल स्मृति ब्याडमिन्टन: कोर्टमा प्रिन्स दाहालको अप्रत्याशित हार
जग्गाको कारोबारमा सहजीकरण गर्न माग
महँगी, ग्यास अभाव र मल संकटबारे कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण
कोशीमा नयाँ सरकारबारे छलफलः नीति र कार्यक्रममा सहमति, मन्त्रालय भागबण्डा अझै पेचिलो
अभिषेक गिरी र जाहेरवालाबीच सहमति : ८४ लाखको हिसाब, २० लाखमै मिलापत्र
विराटनगर बास्केटबल कपको तयारी पूरा
विराटनगर बास्केटबल कपको तयारी पूरा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.