कांग्रेससँगको सहकार्य सुमधुर र महत्वपूर्ण : मुख्यमन्त्री कार्की

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २८, बिहीबार १६:०४

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारलाई नेपाली कांग्रेसले पुर्‍याएको योगदान र सहकार्यप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छन्।

नेपाली कांग्रेसबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरूको राजीनामा स्वीकृत गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको विकास, समृद्धि र सुशासनका लागि कांग्रेसले अहिलेसम्म गरेको सहकार्य महत्त्वपूर्ण रहेको बताए।

Advertisement

कांग्रेससँगको सहकार्य सुमधुर र अत्यन्तै सकारात्मक रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले भने, ‘कांग्रेससँगको सहकार्य सुमधुर र अत्यन्तै सकारात्मक रह्यो। यो मेरो लागि महत्त्वपूर्ण विषय हो।’

आगामी दिनमा पनि प्रदेशको विकास र समृद्धिका लागि नेपाली कांग्रेसबाट निरन्तर सहयोग र सहकार्य हुने विश्वास उनले व्यक्त गरे। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको रक्षा, सुदृढीकरण र संस्थागत विकासका लागि कांग्रेससँग आगामी दिनमा पनि हातेमालो गर्दै अघि बढ्ने उनले बताए।

नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएपछि रिक्त भएका मन्त्रालयहरू मुख्यमन्त्री कार्कीले आफैँसँग राखेका छन्। कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसका एक राज्यमन्त्रीसहित ५ जनाको सहभागिता रहेको थियो। मन्त्रिमण्डल चाँडै पुनर्गठन हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

तपाइको प्रतिक्रिया
पत्रकार श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
किशोर श्रेष्ठको गिरफ्तारीप्रति बार एशोसिएशनको ध्यानाकर्षण, तत्काल रिहाइको माग
मुख्यमन्त्री कार्की र प्रदेश प्रमुख खापुङबीच भेट
युवतीलाई बलात्कार गरेको आरोपमा विराटनगरबाट प्रहरी जवान पक्राउ
धरान उपमहानगरमा विवाद समाधान, बजेट पास गर्दै नगरसभाको बाटो खुल्यो
भदौ ३ गते बस्दै कोशी प्रदेशसभा बैठक
सुकुनाका छात्रामाथि दुर्व्यवहार आरोप : शिक्षक र कर्मचारी धरौटीमा रिहा
कांग्रेससँगको सहकार्य सुमधुर र महत्वपूर्ण : मुख्यमन्त्री कार्की
नेप्सेमा दोहोरो अंकको सुधार
सातामा दुई दिन सार्वजनिक बिदा तत्काल पुनरावलोकन नहुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.