धवलशमशेरसँग कुरा नमिलेपछि छुट्टै पार्टी खोल्ने प्रसाईँको तयारी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २९, शुक्रबार १०:४३

काठमाडौं । नेता धवलशमशेर राणा र मेडिकल व्यवसायी दुर्गा प्रसाईँबीचको सहकार्य टुङ्गिएको छ। एउटै दल बनाएर अघि बढ्ने छलफल परिणाममुखी हुन नसकेपछि दुवै जना अलग-अलग पार्टी गठनको तयारीमा लागेका हुन्।

राणाले शुक्रबार निर्वाचन आयोगमा ‘जय नेपाल’ नामक नयाँ राजनीतिक दल दर्ता गराउने भएका छन्। राणा आयोग धाउँदा यता प्रसाईँले पनि आफ्नै नेतृत्वमा छिट्टै नयाँ पार्टी घोषणा गर्ने तयारी थालेका छन्। प्रसाईँले शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्ना समर्थक तथा शुभेच्छुकलाई केही समय धैर्य गर्न आग्रह गरे।

Advertisement

अब बन्ने पार्टी सबै नेपाली नागरिक, जातजाति र धर्मको साझा चौतारी हुने प्रसाईँको दाबी छ। वैदिक सनातनी हिन्दु अधिराज्यको एजेन्डासहित देशका पीडित, शोषित र आम नागरिकको हक, अधिकार अनि न्यायका लागि समर्पित भएर आफ्नो दल मैदानमा उत्रिने उनले बताए।

२००४ देखि यता धेरै पार्टी बने पनि गरिब, भुइँमान्छे, सुकुम्बासीका साथै लघुवित्त, सहकारी र मिटरब्याजीको मारमा परेका नागरिकको अवस्था नफेरिएको प्रसाईँले उल्लेख गरे। पुराना कुनै पनि दल सर्वसाधारणका वास्तविक प्रतिनिधि बन्न नसकेकाले नै आफूहरूले राजालाई साक्षी राखेर नागरिकका मुद्दा बोक्दै नयाँ यात्रा थालेको उनको भनाइ छ।

तपाइको प्रतिक्रिया
‘मानव अधिकार आयोगका सिफारिस कार्यान्वयन निराशाजनक’
प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ, तयारीका लागि पहिले भारत
औद्योगिक सहरमा बेरोजगार युवा
धवलशमशेर राणाद्वारा ‘जय नेपाल पार्टी’ दर्ता, चुनाव चिन्ह त्रिभुज
जेनजी आन्दोलनमा पक्राउ परेकाहरूको मुद्दा फिर्ताबारे अध्ययन हुँदै: गृहसचिव श्रेष्ठ
‘देउवाजी अभिभावक बन्नुस्, असन्तुष्ट पक्ष अहंकार छाडेर एकतामा आउनुस्’
प्रहरी प्रमुखमाथि लेखा समितिमा भएको व्यवहारप्रति गृहमन्त्रीको असन्तुष्टि
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु
सुरुङभित्र पहिरो खस्दा सात कामदारको मृत्यु, तीन बेपत्ता
ट्याक्टरमा काठ लोड गर्ने क्रममा किचिएर युवकको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.