चुनावपछि पहिलो पटक गृह जिल्ला पुगे अध्यक्ष ओली 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ३०, शनिबार १३:२९
चुनावपछि पहिलो पटक गृह जिल्ला पुगे अध्यक्ष ओली 

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली गत फागुन २१ को राजनीतिक परिवर्तन र नयाँ समीकरण बनेपछि पहिलो पटक आफ्नो गृह जिल्ला झापा पुगेका छन् ।

झापास्थित चन्द्रगढी विमानस्थलमा अवतरण गरेका अध्यक्ष ओली त्यहाँबाट स्थल मार्ग हुँदै इलाम प्रस्थान गरेका छन् । उनी इलाममा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुन त्यता लागेका हुन् ।

Advertisement

एमाले झापाका सचिव तुलसी कार्कीका अनुसार अध्यक्ष ओली आज (शनिबार) इलाममै बस्ने कार्य तालिका रहेको छ । इलामको कार्यक्रम सकेर उनी भोलि (आइतबार) पुनः झापा फर्कने छन् ।

आइतबार अध्यक्ष ओलीले झापाको बिर्तामोडमा नेकपा एमाले झापा जिल्ला कमिटीले आयोजना गरेको ‘मिसन पार्टी जागरण अभियान’ को औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको सचिव कार्कीले जानकारी दिए ।

पार्टी सुदृढीकरण र शुद्धीकरणका लागि सञ्चालन गर्न लागिएको यो अभियानलाई एमालेले विशेष महत्त्वका साथ हेरेको छ । गृह जिल्ला भ्रमणका क्रममा अध्यक्ष ओलीले स्थानीय नेता तथा कार्यकर्ताहरूसँग समेत भेटघाट गर्ने बताइएको छ । विमानस्थलमा उनलाई एमालेका शीर्ष नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.