
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायअन्तर्गतको स्नातकोत्तर तहका परीक्षा स्थगित भएका छन् ।
व्यवस्थापन संकाय, परीक्षा नियन्त्रण महाशाखाका अनुसार भदौ ११ गते सञ्चालन हुने भनिएका एमबीएस, एमपीए, एमबीए–एफ, एमबीए–सीएल, एमबीए–एम, एमबीएम, एमएचएम, एमटीटीएम र म्याट्स कार्यक्रमको तेस्रो सत्रका नियमित परीक्षा–२०२६ अन्तर्गतका केही परीक्षा स्थगित गरिएको हो ।
भोटेकोशीमा आएको बाढीपछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै परीक्षा स्थगित गरिएको संकायले जनाएको छ । स्थगित परीक्षाको नयाँ मिति यथाशीघ्र सार्वजनिक गरिने त्रिविले जनाएको छ ।

























