एभरेस्ट कलेजमा  ‘साइन्स सेमिनार’ सम्पन्न

Share this
761shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ११, बिहीबार १७:३४
एभरेस्ट कलेजमा  ‘साइन्स सेमिनार’ सम्पन्न

विराटनगर । विराटनगरको एभरेस्ट कलेजले विद्यार्थीहरूमा वैज्ञानिक दृष्टिकोण, सृजनशीलता र खोज अनुसन्धानको भावना विकास गर्ने उद्देश्यले  ‘साइन्स सेमिनार’ आयोजना गरेको छ ।

बिहीबार आयोजित सो सेमिनारमा विद्यार्थीहरूले विज्ञान र प्रविधिका नवीन तथा रोचक विषयहरूमा आफ्ना प्रस्तुतिहरू दिएका थिए । शिक्षण सिकाइलाई कक्षा कोठाको पाठ्यक्रममा मात्र सीमित नगरी व्यवहारिक प्रयोगसँग जोड्ने कलेजको अभियानअन्तर्गत यो कार्यक्रम आयोजना गरिएको हो । सेमिनारमा विद्यार्थीहरूले आफ्ना जिज्ञासा, सिर्जनात्मक क्षमता र वैज्ञानिक अन्वेषणलाई प्रस्तुत गर्ने अवसर पाएका थिए ।

Advertisement

कार्यक्रमको शुभारम्भ गर्दै कलेजका प्राचार्य टीकाराम पुरीले विद्यार्थी नै शैक्षिक क्षेत्रका मुख्य सरोकारवाला भएको उल्लेख गरे । उनले भने, ‘विद्यार्थीले आफ्नो लक्ष्य प्राप्तिका लागि अन्तर हृदयदेखि मेहनत गर्नुपर्छ । कलेज, शिक्षक र अभिभावकले केवल सहजीकरणको भूमिका मात्र निर्वाह गर्ने हो ।’ यो सेमिनार शिक्षकको नभई विद्यार्थीहरूकै विशेष कार्यक्रम भएको र यसले उनीहरूको ज्ञान र सीप विकासमा ठुलो सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

सेमिनारमा विद्यार्थीहरूले ७ वटा विभिन्न समूहमा विभाजन भई विज्ञानका विविध आयाममा प्रस्तुति दिएका थिए । जस अन्तर्गत आर्जन बराल र जेसिज गेलालले ‘स्पेस टाइम’, आदित्य पघैया र प्रज्जवल श्रेष्ठले  ‘ह्युमन ब्रेन’ तथा स्नेहा कोइराला, मानश्वी कोइराला, इच्छा बज्राचार्य र समीप खनालले  ‘न्यूक्लीयर इनर्जी’ सम्बन्धी तथ्यहरू प्रस्तुत गरे ।

त्यसैगरी, कृति गोयल, सौमिका ढकाल र प्रिन्सी वर्माले  ‘माइक्रो प्लास्टिक’ को प्रभाव, रायन पोखरेल, प्रेम खतिवडा, निश्चल न्यौपाने र रियोज मास्केले  ‘बियोन्ड द स्क्रिन’ शीर्षकमा आफ्ना प्रस्तुति राखेका थिए । अदिमहाङ्ग राई र मन्नत वर्माले  ‘द एलकेमी अफ फ्रिक्वेन्सी’ र विवश बरालले ‘अण्डा’ मार्फत विज्ञानका रोचक सिद्धान्तहरूलाई प्रस्ट पारेका थिए ।

आजको युग विज्ञान र प्रविधिको युग भएकाले शिक्षा, स्वास्थ्य, कृषि र सञ्चार जस्ता क्षेत्रमा भइरहेका परिवर्तनलाई आत्मसाथ गर्न यस्ता प्रयोगात्मक सिकाइ आवश्यक रहेको कलेजले जनाएको छ । सैद्धान्तिक ज्ञानलाई प्रयोग, अवलोकन र अनुसन्धानसँग जोड्दा विद्यार्थीको सिकाइ थप प्रभावकारी हुने र उनीहरूलाई पाठ्यपुस्तकभन्दा बाहिर गएर सोच्न प्रेरित गर्ने अपेक्षा कलेजले राखेको छ ।

तपाइको प्रतिक्रिया
झापामा टिफरको ठक्करबाट साइकल यात्रीको मृत्यु 
खोटाङमा ट्याक्टर दुर्घटना : बालकको मृत्यु, १९ जना घाइते
बाढीले जलविद्युत् आयोजना तहसनहस, ९३४ कामदार अझै सम्पर्कविहीन
भोटेकोशी बाढीपछि ज्यान गुमाउनेको संख्या साढे पाँच सय नाघ्यो
भोटेकोशी बाढीपछि विराटनगर घर भएकी इन्जिनियर ऋचा निरौला सम्पर्कविहीन
इलामको माईखोलामा एक्कासि लेदोसहितको बाढी आएपछि…
जटिल उद्धारमा आवश्यक परे अन्तर्राष्ट्रिय प्राविधिक सहयोग लिने सरकारको तयारी
बाढीले देश अस्तव्यस्त, सत्ताका जिम्मेवारहरू भने रात्रिभोजमा
भोटेकोशी बाढीपछि कोशी प्रदेशका १३८ जनाको अवस्था अज्ञात
रसुवामा फेरि गुड्न थाले साना सवारी
रोजगारीका लागि रसुवा पुगेका झापाका १२ जना सम्पर्कविहीन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×