बहुमतको विवादमा बास्तोला बर्खास्त

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १६, मंगलबार १०:०६

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले अध्यक्ष मण्डलका अध्यक्ष धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट बर्खास्त गरेको छ ।

पार्टीभित्र लामो समयदेखि देखिँदै आएको आन्तरिक विवाद उत्कर्षमा पुगेपछि केन्द्रीय समितिको विशेष बैठकले बास्तोलामाथि कारबाही गरेको हो । बहुमतको विवादलाई लिएर बास्तोला बर्खास्तमा परेपछि यो विषयले चर्चा पाएको छ ।

Advertisement

केन्द्रीय समितिको सोमबार बसेको विशेष जुम बैठकले बास्तोलालाई अध्यक्ष मण्डलको अध्यक्षसहित पार्टीका सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको पार्टीले जनाएको छ । बैठकपछि जारी संयुक्त विज्ञप्तिमा बास्तोलामाथि स्वेच्छाचारी गतिविधि, सांगठनिक अराजकता र पार्टी अनुशासनविपरीत काम गरेको आरोप लगाइएको छ ।

पार्टीले राष्ट्रिय सम्मेलन एकल निर्णयका आधारमा स्थगित गर्न खोजेको, पार्टीभित्र प्रस्तुत फरक दस्तावेज अस्वीकार गरेको तथा सैद्धान्तिक र वैचारिक बहसबाट पन्छिएको आरोप पनि बास्तोलामाथि लगाएको छ । लामो समयदेखि उनका गतिविधि गैरमार्क्सवादी प्रकृतिका रहेको र पार्टी अनुशासन उल्लंघन गरेको दाबी पनि विज्ञप्तिमा गरिएको छ ।

पार्टीका अनुसार बास्तोला पछिल्लो समय संगठनभित्र अल्पमतमा पर्दै आएका थिए । उनको कारबाहीमा पार्टीसँग आबद्ध विभिन्न १२ वटा जनवर्गीय संगठन तथा मोर्चाहरूको समेत सहमति रहेको बताइएको छ ।

बास्तोलालाई हटाएपछि अध्यक्ष मण्डलका सदस्य तथा पार्टी प्रवक्ता दीपकलाई अध्यक्ष मण्डलको अध्यक्षको जिम्मेवारी दिइएको पार्टीले जनाएको छ । नेकपा (बहुमत)ले आगामी असोज ५ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने निर्णयसमेत गरेको छ । आन्तरिक विवादका बीच पार्टीले राष्ट्रिय सम्मेलनमार्फत संगठनात्मक तथा वैचारिक विषय टुंग्याउने तयारी गरेको देखिन्छ ।

यसैबीच, पार्टीले भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि उद्धार तथा राहत अभियान सञ्चालन गर्ने भएको छ । त्यसका लागि कृष्ण धमलाको नेतृत्वमा ‘बाढीपीडितको उद्धार तथा राहत समिति’ गठन गरिएको पार्टीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री राहत कोषमा झण्डै ८ अर्ब, बाढीपीडितका लागि १ अर्ब निकासा
प्रधानमन्त्रीले भने, ‘भोटेकोशीको सुरुङमा थुनिएकाको उद्धार मौसममा निर्भर, तत्काल प्रवेश गर्न सक्ने अवस्था छैन’
भोटेकोशी बाढीबारे तत्काल वैज्ञानिक अध्ययन गर्न विज्ञको सुझाव
भोटेकोशी बाढीको त्रासदी संसदमा सुनाउँदै प्रधानमन्त्री, ‘यो पीडा सिंगो देशको हो’
बाढीपीडितलाई थप साढे ६ करोड
सडक भासिएपछि नागढुंगा सुरुङमार्ग खुला
काँकडभिट्टा नाकामा तस्करमाथि ‘गोप्रो’को नजर, सशस्त्रले बढायो प्रविधिमार्फत निगरानी
मोरङ कारागारको ‘ए ब्लक’का कैदीबन्दीद्वारा बाढीपीडितलाई आर्थिक सहयोग
अपहरणपछि भारत पुर्याएर बालकको हत्या
मानगढमा राधाकृष्ण रथयात्राको तयारी अन्तिम चरणमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×