बाढीमा बेपत्ता पत्रकारको खोजी र क्षतिपूर्तिका लागि सरकारसँग महासंघको आग्रह

Share this
729shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १८, बिहीबार १७:२८

काठमाडौं । नेपाल पत्रकार महासंघले भोटेकोशी बाढीमा बेपत्ता पत्रकार तथा पत्रकार परिवारका सदस्यको खोजी र उद्धार तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ ।

महासंघले आज (बिहीबार) गृह र परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्दै बेपत्ता पत्रकारको खोजी तथा उद्धार र क्षति व्यहोरेका पत्रकार तथा सञ्चारमाध्यमलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको हो ।

Advertisement

महासंघका अनुसार भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि पत्रकार तथा पत्रकार परिवारका सदस्यसहित केही व्यक्ति सम्पर्कविहीन छन् । महासंघले बेपत्ताको खोजीका लागि चीन र भारतसँग समेत कूटनीतिक पहल गर्न सरकारलाई आग्रह गरेको छ ।

महासंघले बाढीबाट प्रभावित पत्रकारका घर तथा सवारीसाधनमा भएको क्षतिको विवरणसमेत सरकारलाई उपलब्ध गराएको जनाएको छ । त्यस्तै, रसुवा एफएम, रेडियो लाङटाङ, रेडियो झरना र जालपा रेडियोलगायत सञ्चारमाध्यमको विद्युत् तथा भौतिक संरचनामा क्षति पुगेको भन्दै प्रसारण सेवा सञ्चालनका लागि आवश्यक सहयोग गर्न माग गरेको छ ।

तपाइको प्रतिक्रिया
बाढीपीडितका नाममा आफ्नै क्युआरबाट रकम उठाएको आरोपमा एक जना पक्राउ
बाढीपीडितका नाममा आफ्नै क्युआरबाट रकम उठाएको आरोपमा एक जना पक्राउ
जोगमाई खोलाको बेलीब्रिज बोकेको ट्रक दुर्घटना, सहचालकको मृत्यु
जोगमाई खोलाको बेलीब्रिज बोकेको ट्रक दुर्घटना, सहचालकको मृत्यु
भोटेकोशी बाढीपीडित व्यवसायीलाई कर, कर्जा र बीमामा विशेष सहुलियत
प्रतिनिधिसभाको बैठक भदौ २४ गतेसम्म स्थगित
प्रतिनिधिसभाको बैठक भदौ २४ गतेसम्म स्थगित
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
बाढी क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई जोखिम भत्ता
दलित समुदायको अधिकारबारे विराटनगरमा छलफल, प्राथमिकता दिन आग्रह
दलित समुदायको अधिकारबारे विराटनगरमा छलफल, प्राथमिकता दिन आग्रह
बाढीमा बेपत्ता पत्रकारको खोजी र क्षतिपूर्तिका लागि सरकारसँग महासंघको आग्रह
भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते सार्वजनिक बिदा
बाढीपीडितका लागि विराट ग्रुपद्वारा ७२ लाख
भोटेकोशी बाढी : १,२५२ को मृत्यु, ४,२१६ अझै सम्पर्कविहीन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×