बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २०, शनिबार १५:१४

काठमाडौं । नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार गरिएको छ । सशस्त्र प्रहरी प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार बेत्रावतीका आनन्द श्रेष्ठको घरबाट ती महिलाको उद्धार गरिएको हो ।

बाढी र पहिरोले घर तथा संरचना पुरिएपछि सम्भावित मानवीय क्षतिको खोजी तथा उद्धारलाई सुरक्षाकर्मीले निरन्तरता दिइरहेका छन् । भग्नावशेष र लेदो हटाउँदै गरिएका खोजीका क्रममा जीवित व्यक्ति भेटिएपछि लामो समयदेखि सम्पर्कविहीन रहेकाहरूको उद्धार हुने आशा थप बलियो भएको छ ।

Advertisement

यसअघि नेपाली सेनाले बाढीले क्षतिग्रस्त अपर त्रिशूली–१ जलविद्युत् आयोजनास्थलबाट एक चिनियाँ नागरिकको जीवितै उद्धार गरेको थियो । त्यस्तै, बिहीबार त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनालाई जीवितै उद्धार गरिएको थियो ।

भोटेकोशी विपत्तिपछि विभिन्न स्थानमा मानिसहरू अझै सम्पर्कविहीन रहेकाले सुरुङ, भग्नावशेषमा पुरिएका संरचना तथा जोखिमयुक्त क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी छ । पछिल्ला जीवित उद्धारका घटनाले परिवारमा आफन्त सकुशल भेटिने आशा पनि कायमै राखेको छ ।

तपाइको प्रतिक्रिया
बाढीमा ज्यान गुमाएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख
बाढीपीडितका नाममा आफ्नै क्युआरबाट रकम उठाएको आरोपमा एक जना पक्राउ
भिडियो भाइरल भएपछि विराटनगरबाट दुई युवक पक्राउ, किशोरीले नै भनिन्– ‘दुर्व्यवहार भएको छैन’
विराटनगरमा सुरु भयो ऐतिहासिक राधाकृष्ण रथयात्रा (फोटाहरुसहित)
अमेरिकी दूतावासको ट्राभल एडभाइजरी : रसुवागढी-टिमुरे क्षेत्र ‘लेभल–४’मा
बाढी प्रभावित क्षेत्रमा खोज-उद्धारमा कमी हुन नदिन आईजीपीको निर्देशन
छुट्टाछुट्टै आक्रमणमा २६ जनाको मृत्यु
बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार
मोरङ कारागारमा भत्कियो अभिषेक गिरीको सञ्जाल, कैदीबन्दीले मनाए खुसीयाली
सम्पर्कविहीन भएकाको पत्तो नलागेपछि धार्मिक विधिअनुसार अन्त्येष्टि गरिँदै
चिलिमे टनेलमा खोजी तीव्र पार्न सेनाले पठायो स्काभेटर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×