महासभामा तयारीका साथ प्रस्तुत हुन प्रधानमन्त्रीलाई सुझाव

Share this
767shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २१, आइतबार १६:३५
‘जीवनभर नभएको निन्दा यी तीन दिनमा खेपेँ’: सभापति थापा 

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई संयुक्त राष्ट्रसंघको महासभामा नेपालका मुद्दा तथ्य र प्रमाणसहित प्रभावकारी रूपमा प्रस्तुत गर्न सुझाव दिएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सभापति थापाले विशेषगरी जलवायु परिवर्तनका विषयमा पर्याप्त तयारी गरेर अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुन प्रधानमन्त्रीलाई सुझाव दिएका हुन् । उनले प्रधानमन्त्रीको सचिवालयका सदस्यमा मात्र निर्भर नभई जलवायु परिवर्तनका क्षेत्रमा काम गरिरहेका विज्ञ, अनुसन्धानकर्ता तथा विभिन्न संघसंस्थासँग समन्वय गरेर आवश्यक तथ्य र प्रमाण जुटाउन आग्रह गरे ।

Advertisement

‘प्रधानमन्त्रीलाई मेरो आग्रह छ, तपाईं सचिवालयका सदस्यको मात्र भर नपर्नुहोस् । यहाँ थुप्रै संस्था छन्, यस विषयमा काम गरेका विज्ञ र अनुसन्धानकर्ता छन्,’ थापाले भने, ‘अमेरिकामै बसेर यसबारे अध्ययन गरेका व्यक्तिहरू पनि छन्, जसले राष्ट्रसंघलाई प्रभाव पार्न सक्छन् । उनीहरूसँग पनि छलफल गर्नुहोस् ।’ थापाले पर्याप्त तयारीका साथ महासभामा प्रस्तुत भए प्रधानमन्त्रीको भ्रमण फलदायी हुने बताए ।

उनले यसअघिका सरकार र प्रधानमन्त्रीहरूले अन्तर्राष्ट्रिय मञ्चमा उठाएका विषय तथा निर्वाह गरेको भूमिकाको समेत अध्ययन गर्न सुझाव दिए । सभापति थापाले हिमाली क्षेत्रले भोगिरहेको जलवायु जोखिमलाई अब राष्ट्रिय सुरक्षासँग समेत जोडेर हेर्नुपर्ने धारणा राखे ।

तपाइको प्रतिक्रिया
सिंहदरबारमा ‘जेनजी सहिद स्मारक पार्क’को शिलान्यास, भदौ २३ गते सार्वजनिक बिदा
सिंहदरबारमा ‘जेनजी सहिद स्मारक पार्क’को शिलान्यास
सेनासँग मिल्दोजुल्दो संरचना बनाएको ‘ग्रीन आर्मी’को कानुनी अस्तित्व समाप्त
बालेनको अमेरिका भ्रमणमा ११ जनाभन्दा बढी नहुने, महासभामा जलवायु विपद्को मुद्दा उठाउने
पत्रकार महासंघ मोरङले तीज कार्यक्रमको खर्च भोटेकोशी बाढी पीडितलाई दिने 
राप्रपाका महामन्त्री पाठकद्वारा पार्टीका सबै जिम्मेवारीबाट अलग हुने घोषणा
राधाकृष्ण रथयात्रामा उठ्यो २ लाख ८२ हजार भेटी, भोटेकोशी बाढीपीडितका लागि पठाइने
विराटनगरको राधाकृष्ण रथयात्रा : हजारौँको भिडमा हराए बालबालिका, प्रहरीको पहलमा भेटिए अभिभावक
गगन–शेखर भेटवार्ताः पार्टी एकढिक्का बनाउने विषयमा छलफल
जोशीलाई मदन पुरस्कार, खरेललाई जगदम्बा–श्री
सुनसरीमा भन्सार छलीको मल र सुर्तीजन्य पदार्थ बरामद
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×