कांग्रेसद्वारा बाढीपहिरो पीडितका लागि एक करोड सहयोग

Share this
665shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २२, सोमबार १५:२४
कांग्रेसद्वारा बाढीपहिरो पीडितका लागि एक करोड सहयोग

काठमाडौं । नेपाली कांग्रेसले रसुवा, नुवाकोटलगायत क्षेत्रमा भदौ १० गते आएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ ।

सोमबार कांग्रेस महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर एक करोड रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् ।

Advertisement

बाढीपहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति सहानुभूति प्रकट गर्दै प्रभावितको राहत र पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले पार्टीले उक्त रकम उपलब्ध गराएको कांग्रेसले जनाएको छ ।

चेक हस्तान्तरण कार्यक्रममा महामन्त्री पौडेलसँगै कोषाध्यक्ष उमेश श्रेष्ठ, प्रवक्ता चालिसे, प्रमुख सचेतक वासना थापा तथा रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्यलगायत नेताहरूको सहभागिता थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×